नाच्ने गाउने हाम्रो पेसा हरायो (भिडियोसहित)

वाद्यवादन र नाचगान वादी समुदायको पुर्ख्यौली पेसा थियो । ६६ वर्षीया श्यामादेवी वादी कुनै बेला त्यही पेसा गर्नुहुन्थ्यो । पहिले नाच्ने, गाउने काम गरेर जीविका चलाएको भए पनि अहिले उमेरका कारण आफूले यो काम गर्न नसकेको उहाँको भनाइ थियो । समयका कारण नयाँ पुस्ताले पनि यो काम गर्न नखोजेको हुनाले पुर्ख्यौली पेसा लोप भएको भनी […]
मन भएर पनि गाह्रो भयो काम गर्न (भिडियाे कुराकानी)

रञ्जिता नेपाली, वडा सदस्य कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को वडा सदस्य हुनुहुन्छ, रञ्जिता नेपाली । बल्चौरस्थित वादी बस्तीकी बासिन्दा उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट ‘दलित महिला वडा सदस्य’ मा निर्वाचित हुनुभएको हो । राजनीतिबारे केही थाहै नपाई आफू वडा सदस्य भएको बताउने उहाँसँग सो पदमा निर्वाचित भएपछिका दिनचर्या केही […]
सहमति कार्यान्वयन गराउन पनि आन्दोलनै गर्नुपर्ने अवस्था

वादी समुदाय बर्सौँदेखि आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक रूपमा उत्पीडनमा परेको अल्पसङ्ख्यक समुदाय हो । शिल्पकला र साङ्गीतिक प्रतिभाले सम्पन्न वादीको इतिहासलाई नजरअन्दाज गर्दै ‘देहव्यापार’ गर्नेहरूको समुदायको रूपमा मात्र हेर्न र देखाउन खोजियो । प्रजातन्त्र प्राप्तिपछि पनि वादी महिलाहरू समाजमा अत्यन्तै विभेदित भए । वादीहरूले पनि सम्मानजनक पहिचान र समान अधिकारका लागि पटक पटक […]
वादी महिलाको अवस्था सुधार्ने सङ्घर्ष अझै बाँकी (भिडियो सहित)

वादी समुदाय वर्षौंदेखि आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक रूपमा उत्पीडनमा परेको अल्पसङ्ख्यक समुदाय हो । शिल्पकला र साङ्गीतिक प्रतिभाले सम्पन्न वादीको इतिहासलाई नजरअन्दाज गर्दै ‘देहव्यापार’ गर्नेहरूको समुदायको रूपमा मात्र हेर्न र देखाउन खोजियो । प्रजातन्त्र प्राप्तिपछि पनि वादी महिलाहरू समाजमा अत्यन्तै विभेदित भए । उनीहरूले विभेद र समाजको अपमानपूर्ण व्यवहार सहेर आफ्नो घरपरिवार चलाउँदै […]
सङ्घर्षबाट खारिएकी रमा वादी समाजसेवामा

यही २०८० साउनमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरस्थित वादी बस्तीमा सिमसिम पानी परिरहेको थियो । दिउँसोको समय थियो तर वादी बस्ती सुनसान देखिन्थ्यो । सोधखोज गर्दै रमा वादीको आँगनमा पुगेँ । घरबाहिर कोही नदेखेपछि ‘भित्र को हुनुहुन्छ ?’ भनेर बोलाएँ । एक जना महिला बाहिर निस्कनुभयो । उहाँलाई मैले ‘रमा दिदी हुनुहुन्छ […]
आफ्नै बलबुतामा पुर्ख्यौली पेसा गर्ने छोरी

– पार्वती वादी दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ नयाँबस्तीमा पार्वती वादीको घर छ । १७ वर्ष अघिदेखि मादल बनाउँदै आउनुभएकी पार्वती अहिले त्यही घरमै मादल बनाउने पेसा गर्नुहुन्छ । पछिल्लो समय उहाँले चाहना गर्नेहरूको घरमा गएर मादल बनाउन सिकाउने काम पनि गर्दै आउनुभएको छ ।
मादलकै भरमा कल्मी परिवार

वादी समुदायको पुर्ख्यौली पेसा मादल बनाउने र माछा मार्ने हो । त्यो काम पनि पुरुषहरूले बढी गर्ने गर्थे । पछिल्ला वर्षहरूमा पेसाको दायरा फराकिलो हुँदै गएको छ । मादल बनाउने काम पातलिँदै गएको छ । वादी समुदायका मानिसहरू अन्य व्यवसाय तथा जागिरमा लाग्न थालेका छन् । केहीले विदेश गएर पनि जीविकोपार्जन गर्ने गरेको वादी अगुवाहरूको […]