म नै हो ‘हेडसर’ (भिडियो सहित)

अप्सरा खड्का सिन्धुपाल्चोक जिल्लाको धुस्कुन आधारभूत विद्यालयको प्रधानाध्यापक हुनुभएको १० वर्ष जति भयो । उहाँ सोही जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ की बासिन्दा पनि हुनुहुन्छ । प्रधानाध्यापक भइसकेपछि अप्सराले शैक्षिक क्षेत्रसँग जोडिएका गाउँ समाजका वास्तविकतालाई नजिकबाट नियाल्न र अनुभव गर्न पाउनुभयो ।