सामुदायिक वनमा महिलाको नेतृत्व उदाहरणीय छ (भिडियो सहित) – अप्सरा चापागाईं

नेपालमा २०४६ सालको जनआन्दोलन सफल भइसकेपछि सामुदायिक वनसम्बन्धी बहसले पनि व्यापकता पाउन थाल्यो । सरकारले २० वर्षका लागि ‘वन विकास गुरुयोजना २०४६’ लागु गरेको पृष्ठभूमि थियो । गुरुयोजना आएपछि समूहमा वन हस्तान्तरण गर्नुपर्छ भन्ने नीतिगत व्यवस्था पनि भयो । २०४९ सालको वन ऐनमा सामुदायिक वन हस्तान्तरण गर्ने प्रावधान राखियो । हुन त यो ऐन आउनुअघि […]