२०४६ सालको जनआन्दोलनमा घरेलु हतियार सहित सहभागी महिलाहरु

पञ्चायती शासन व्यवस्था विरुद्ध २०४६ सालको ऐतिहासिक जनआन्दोलन भएको ३२ वर्ष पुगेको छ । महिला दृष्टिकोणबाट सो आन्दोलनलाई स्मरण गर्ने क्रममा २०४६ चैत्र २२ गते ललितपुरको पुल्चोकबाट महिलाहरु घरेलु हतियार बोकेर आन्दोलनमा सहभागी भएको तस्विर साभार गरेका छौँ ।

महिला दृष्टिकोणबाट २०४६ सालको जनआन्दोलन विशेष

नेपालमा २००७ सालमा राणाशासन अन्त्य गरी प्रजातन्त्र आयो । ‘नेपाल अन्तरिम शासन विधान, २००७’ लागु भयो । अन्तरिम संविधान मानिएको सो विधान करिब आठ वर्ष कायम रह्यो । २०१५ सालमा संसदीय चुनाव भयो । चुनावमा विजयी नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा २०१६ जेठ १३ मा सरकार बनायो । तर, राजा महेन्द्रले २०१७ पुस १ गते […]