बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई

म स्कुल पढ्दै गर्दा २०३५/३६ सालमा विद्यार्थी आन्दोलनमा लागेँ । विद्यार्थी हुँदै अखिल नेपाल महिला संघमा पनि सङ्गठित भएँ । २०३७ सालदेखि अखिल नेपाल महिला संघमा अर्धभूमिगत भएर काम गरेँ । मैले प्रगतिशील लेखक तथा कलाकार भएर पनि काम गरेँ । मैले भोजपुर जिल्लाबाटै राजनीति सुरु गरेको हो । राजनीति सुरु गर्दा पञ्चायतकाल थियो ।
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा

मेरो नाम रेशमकुमारी थापा हो । घर सिरहाको गोलबजार वडा नम्बर ३ तेतरिया हो । मेरो माइती र श्रीमान्काे घर दुवैतिरको परिवारमा पहिल्यैदेखि राजनीतिमा लाग्नेहरू थिए । २०४६ सालमा हामी जनमोर्चा पार्टीमा थियौँ । कम्युनिस्ट राजनीति गथ्र्यौं । म पनि पार्टीको बैठकमा जाने गर्थें । पार्टी कार्यालयमा जाने, बुझ्ने गर्थें । हामी महिलाहरू भेटघाट गरेर […]
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)

औपचारिक रूपमा २०३४ सालदेखि पार्टीमा आबद्ध शशी श्रेष्ठ त्यतिबेलैदेखि नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन अन्तर्गतको अखिल नेपाल महिला संघ र विद्यार्थी सङ्गठनमा पनि आबद्ध हुनुभयो । २०३६ सालदेखि पूर्णकालीन सदस्य भएर कम्युनिस्ट राजनीति गर्न थालेकी उहाँ २०३८ सालमा पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा निर्वाचित हुनुभयो । साथै, २०४० सालदेखि करिब २० वर्ष […]
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह

जनकपुरमा विद्यार्थी आन्दोलनबाट सुरु भएको थियो, २०४६ सालको आन्दोलन । मेरो घर नजिकै सिडिओ कार्यालय थियो । त्यहाँ गोली हानाहान भएको थियो । सिडिओ कार्यालयबाटै गोली हान्दा पाठक थरका एक जना साधारण मान्छेको मृत्यु भएको थियो । म त्यतिबेला फ्याक्ट्रीमा काम गर्थें । ‘फ्याक्ट्री’ भन्नाले जनकपुर चुरोट कारखाना । हामी कर्मचारी भएकाले खुलेर राजनीति गर्न […]
म त पहिलेदेखि नै महिला पुरुष दुवैले घरभित्रको काम गरेपछि मात्रै समानता आउँछ भन्थेँ – गणेशकुमारी भट्टराई (भिडियो सहित)

गणेशकुमारी भट्टराई नेपाली कांग्रेस र त्यसको भगिनी संस्था ‘नेपाल महिला संघ’ को पुरानो नेत्री हुनुहुन्छ । २०४६ सालको जनआन्दोलन सफल भएर देशमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भएपछि नेपाल महिला संघको रामेछाप जिल्ला सभापति हुने पहिलो महिला उहाँ नै हुनुहुन्छ ।
यदुकुहा : २०४६ फागुन ९ गते तीन महिला मारिएका थिए (भिडियो कुराकानी)

अन्तर्राष्ट्रिय महिला सहिद दिवस (डिसेम्बर ६) पञ्चायती शासन व्यवस्थाको अन्त्य र प्रजातन्त्र प्राप्तिका लागि २०४६ सालमा देशव्यापी आन्दोलन भयो । फागुन ७ गतेदेखि काठमाडौँ उपत्यका लगायत बाहिरका जिल्लाहरूमा पनि कडा आन्दोलन भयो । धनुषाको यदुकुहामा त एकै ठाउँमा पाँच जना सहिद नै भए ।
टीका र चुरा किन्ने पैसा बचाएर राजनीतिक अभियानमा (भिडियो सहित)– प्रेममाया श्रेष्ठ

सन्दर्भ : संसदीय निर्वाचन २०७९ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्नका लागि यही २०७९ मङ्सिर ४ गते निर्वाचन हुँदैछ । देशभरका मतदाताले मतदानस्थलमा गएर मतदान गर्न अब १३ दिन बाँकी छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ १० प्रतिशतको हाराहारीमा मात्रै महिलाहरूको उम्मेदवारी परेको छ ।
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी

सन्दर्भ : संसदीय निर्वाचन २०७९ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २०७९ साल मङ्सिर ४ गते निर्वाचन हुँदैछ । निर्वाचन आउन अब २० दिन बाँकी छ । आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० प्रतिशतको हाराहारीमा मात्रै महिलाहरूको उम्मेदवारी परेको छ ।
छोराछोरी आमाको जिम्मामा, आफू आन्दोलनमा – उमा दाहाल (भिडियो सहित)

उमा दाहाल राजनीतिज्ञ तथा समाजसेवी हुनुहुन्छ । महोत्तरी जिल्लामा जन्मिनुभएकी दाहालको विवाहपछि राजनीति गर्ने भूगोल मकवानपुर भयो । उहाँ मकवानपुरबाटै सांसदको उम्मेदवार पनि हुनुभएको थियो ।