महिला मुक्तिका कुराले तानेपछि (भिडियो सहित)

छ वर्षको उमेरदेखि झन्डै १५ वर्ष देशको राजधानी काठमाडौँंमा बिताएकी मायाले अक्षर चिन्ने अवसर भने पाउनु भएन । उहाँको जन्म भोजपुर जिल्ला हालकाे भाेजपुर नगरपालिका ३ दावाँ भन्ने ठाउँमा निम्न आय भएको ठुलो परिवारमा भएको थियो । छोरी हुनु र आमामा शारीरिक अपाङ्गता हुनु, यी दुई मुख्य र अन्य केही कारणले उहाँको बाल्यकाल प्रभावित भयो […]
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष सिरहामा जन्मिनु भएकी डा. मञ्जुला गिरी समाजसेवी तथा पत्रकार हुनुहुन्छ । सन् १९७५ मा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको अन्तर्वार्ता गर्नुभएकी उहाँ २७ वर्षको उमेरमा वर्ल्ड प्रेस इन्स्ट्च्यिुटले दिने (डब्ल्यूपिआइ) फेलोसीप पाउनुभएको थियो । त्यति बेला उहाँ राष्ट्रिय समाचार समितिको एक मात्र महिला पत्रकार हुनुहुन्थ्यो ।