यौनहिंसा तथा जबरजस्ती करणीको मुद्दामा हदम्याद तोक्नै हुँदैन (भिडियोसहित) –मीरा ढुङ्गाना, अधिवक्ता

सन् २०१४ मा भएको एक ‘सुन्दरी प्रतियोगिता’ की सहभागीले आफूमाथि त्यतिबेला दुर्व्यवहार भएको घटना भिडियोमार्फत भर्खरै बाहिर ल्याएकी छिन् । घटनाको अनुसन्धान गरी घटनामा संलग्नहरुलाई कारबाहीको माग गर्दै अभियन्ताहरुले सडक आन्दोलन शुरु गरिसकेका छन् । नेपाल प्रहरीले पनि प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा छानबिन टोली बनाएको छ ।