२०४६ साल चैत २४ गते काठमाडौँको न्यूरोडमा फोटो खिच्दै कियोको ओगुरा

२०४६ सालको ऐतिहासिक जनआन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने क्रममा २०४६ चैत २४ गते एकजना विदेशी नागरिकले आन्दोलनको तस्विर खिच्दै गर्दाको तस्विर प्रकाशन गरेका छौँ । काठमाडौँको न्यूरोडमा फोटो खिच्दै गर्नुभएकी कियोको ओगुरा त्यो बेला जापानबाट आउनुभएको थियो । उहाँले २०४६ सालको ऐतिहासिक जनआन्दोलनको बारेमा पुस्तक पनि लेख्नुभएको छ ।

२०४६ सालको जनआन्दोलनमा नारा लगाउँदै तीन महिला

पञ्चायती शासन व्यवस्था विरुद्ध २०४६ सालको ऐतिहासिक जनआन्दोलन भएको ३२ वर्ष पुगेको छ । महिला दृष्टिकोणबाट सो आन्दोलनलाई स्मरण गर्ने क्रममा काठमाडौँको न्यूरोडमा पञ्चायत विरोधी नारा लगाउँदै दौडिरहेका दायाँबाट तीन विद्यार्थी महिलाहरु ।

२०४६ सालको जनआन्दोलनमा घरेलु हतियार सहित सहभागी महिलाहरु

पञ्चायती शासन व्यवस्था विरुद्ध २०४६ सालको ऐतिहासिक जनआन्दोलन भएको ३२ वर्ष पुगेको छ । महिला दृष्टिकोणबाट सो आन्दोलनलाई स्मरण गर्ने क्रममा २०४६ चैत्र २२ गते ललितपुरको पुल्चोकबाट महिलाहरु घरेलु हतियार बोकेर आन्दोलनमा सहभागी भएको तस्विर साभार गरेका छौँ ।

“यो तस्विर वादी महिलाको आन्दोलनको ‘प्रतीक’ हो ।” -सागर श्रेष्ठ

sagar-shrestha-featured-photo

‘ऐतिहासिक कथा शृंखला’  हामीले सन्धान वेबपोर्टलमा ‘ऐतिहासिक कथा’ शृंखला शुरु गरेका छौँ । यो शृंखलाको उद्देश्य परिवर्तनका लागि विगतमा महिलाहरुले गरेका प्रयास, आन्दोलन र उनीहरुको योगदानलाई सन्धान वेब पोर्टलमार्फत पुनःस्मरण गराउनु र अहिले त्यो विषय कहाँ पुग्यो भनेर समीक्षा वा फलोअप गर्नु हो ।

“यो फोटो मेरो र वादी समुदायकै लागि लडाइँको इतिहास हो ।”-उमा वादी

uma-badi-featured-photo

फोटो पत्रकार सागर श्रेष्ठले २०६४ सालमा खिच्नुभएको यो फोटोबारे फोटोमा देखिनुभएकी वादी आन्दोलनकी नेता हाल सुदूरपश्चिम प्रदेश-सभा सदस्य उमा वादीसँग लक्ष्मी बस्नेतले गर्नुभएको कुराकानीः

५७ वर्ष अघिको प्रगतिशील बिहे -सुशीला भट्ट

featured-image

सुशीला भट्ट २०५८ सालमा पद्मकन्या क्याम्पसबाट सहप्राध्यापकको रुपमा निवृत्त हुनुभएको हो । काभ्रेको खरेलथोकमा जन्मिनुभएकी सुशीला भट्ट अहिले ८० वर्ष नाघिसक्नुभयो । आमा टिकाकुमारी र बुबा बालकृष्ण खरेलकी छोरी उहाँले २०२२ सालदेखि विभिन्न क्याम्पसमा अध्यापन गर्दै आउनुभएको थियो । २०२१ साल मंसिरमा प्रा.डा.आनन्ददेव भट्टसँग उहाँको ‘प्रगतिशील’ विवाह भयो । उहाँका श्रीमानको यसैवर्ष निधन भयो । […]