द्वन्द्वपीडितहरूले न्याय र क्षतिपूर्ति पाउनुपर्ने

फोटो कथा शृङ्खला कमला रोका नेकपा माओवादीको स्थायी समिति सदस्य हुनुहुन्छ । २०३२ पुसमा रुकुम जिल्लामा जन्मिएकी कमला २० वर्षमै माओवादी पार्टीमा लागेर हतियार समाउन पुग्नुभयो । २०५२ सालदेखि तत्कालीन नेकपा माओवादीमा लागेकी उहाँलाई सो पार्टीले दिएको नाम ‘क्रान्ति’ हो । २०४६ सालदेखि विद्यार्थी राजनीतिमा लागेको बताउने उहाँ कक्षा १० को पढाइ छोडेर माओवादीको पूर्णकालीन […]

स्नातक तहमा दीक्षित हुँदाको रमाइलो सम्झना

‘फोटो कथा’ महिलाले सार्वजनिक क्षेत्रमा गरेका परिवर्तनका प्रयास, विभिन्न आन्दोलन र योगदानलाई ‘सन्धान’ वेब पोष्ट मार्फत प्रकाशन/प्रसारण गरिँदै आएको छ । यस क्रममा हामीले ऐतिहासिक महत्वका तस्बिरहरूलाई ‘फोटो कथा’ शृङ्खला अन्तर्गत सार्वजनिक गर्दै आएका छौँ । यस शृङ्खलामा आज अधिकारकर्मी यशो कान्ति भट्टचनबाट प्राप्त एउटा तस्बिरलाई लिइएको छ । यशो कान्ति भट्टचन नेपालको आदिवासी जनजाति […]

फुटबलमा महिला : बराबरी गर्न नसकेकोमा गल्ती महसुस भइरहन्छ

फुटबल इतिहासमा महिला । जसमा नेपालका महिलाहरुले पहिलो पटक दशरथ रंगशालामा फुटबल प्रतियोगिता खेल्ने तयारी गर्दैछन् । रंगशालाको प्यारापिट दर्शकले भरिएको छ । महिला फुटबलको इतिहास बिषयमा अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापासँग भिडियो कुराकानी गरिएको कारण उनको फोटो साइडमा क्रिम कलरको कोट लगाएको राखिएको छ ।

– गणेश थापा, पूर्व अध्यक्ष, एन्फा नेपालमा साफ महिला च्याम्पियनसिप फुटबल भइरहेको छ । यो दक्षिण एसियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगिताअन्तर्गतको महिला फुटबल प्रतियोगिता हो । यसमा २०८१ कात्तिक ११ गते आइतबार नेपाल र भारतबिच भएको सेमिफाइनल खेलको निर्धारित समयमा एक–एक गोलले बराबर भएपछि भएको ‘पेनाल्टी शूटआउट’ मा ४–२ ले विजय हासिल गर्दै नेपाल […]

विधवा विवाहप्रति उदार बन्दै नेपाली समाज

पतिको मृत्यु हुँदा पत्नीले एकै चितामा जल्नुपर्ने सतीप्रथा उन्मूलन भएको एक शताब्दीभन्दा बढी भयो । १९७७ असार २५ गते तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले नेपालबाट सतीप्रथा अन्त्य भएको घोषणा गरेपछि आम रूपमा विधवाले बाँच्न पाए । त्यसो त इतिहासलाई हेर्दा ‘मुलुकी ऐन, १९१०’ मै ‘सती जान्याको’ व्यवस्था गरी सतीप्रथामा केही बन्देज लगाइएको देखिन्छ । त्यसपछि […]

गोर्खा सैनिक श्रीमतीको कथा बोल्ने चित्रकला प्रदर्शनी

‘गोर्खाली महिला’ नामक पाँचदिने एकल चित्रकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहल काठमाडौँमा सम्पन्न भयो । यही मङ्सिर ९ गते सुरु भएको प्रदर्शनी १३ गते सम्पन्न भएको हो ।

मर्यादित महिनावारीकी अभियन्ताको मनास्लु हिमाल आरोहण यात्रा (फोटो फिचर)

सगरमाथा आरोही संगीता रोकाया मर्यादित महिनावारी अभियानकी अभियन्ता पनि हुनुहुन्छ । उहाँले हालै मनास्लु हिमालको पनि सफल आरोहण गर्नुभयो । आठ हजार १६३ मिटर उचाइ रहेको यो हिमाल विश्वको आठौँ अग्लो हिमाल हो । संगीताका अनुसार, उहाँको टोलीले असोज ४ गते बिहान ५ बजेर २० मिनेटमा मनास्लु शिखर आरोहण गरेको हो ।

छोराको बिहेमा जन्त गएका आमाहरू

नेपालका केही समुदायमा आमाले छोराको बिहेमा जन्त जानैपर्ने चलन छ । यस्तो भए पनि नेपालकै अधिकांश समुदायका आमाहरूलाई ‘चलन नभएको’ मान्यताले छोराको बिहेमा जन्त जानबाट रोकेको पाइन्छ । त्यस्तो मान्यताको पछाडि चित्तबुझ्दो कुनै आधार भने भेटिएको छैन । यसैले केही आमाहरू रोकटोकको मान्यतालाई चुनौती दिँदै पारिवारिक समझदारी र तारतम्य मिलाएर छोराको बिहेमा जन्त जान थाले […]

छोराको बिहेमा जन्ती गएँ, बुहारी लिएर फर्कें -जयन्ता पोखरेल

हाम्रो समाजमा छोराको बिहेमा आमा जन्ती जान हुँदैन भन्ने चलन छ । छोराको बिहेमा आमा गए ‘अशुभ’ हुन्छ भन्ने चलन हराएको छैन । तर, भदौ १ गते (अगस्त १८) जयन्ता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा दुईटा तस्बिरसँगै स्टाटसमा लेख्नुभयो, “दङ्ग परेकी रछु म त, कान्छा छोराको बिहेमा जन्ती जाँदा । बिहे घरको कामलाई राम्रो व्यवस्थापन गरेर […]

‘महाभारतको जङ्गलमा बसेर रेडियोमा बोल्थ्यौँ’ – संगीता खड्का

‘ऐतिहासिक फोटो कथा शृङ्खला’ हामीले ‘सन्धान’ वेबपोर्टलमा ‘ऐतिहासिक फोटो कथा’ शृङ्खला प्रस्तुत गर्ने गरिरहेका छौँ। यो शृङ्खलाको उद्देश्य सामाजिक तथा राजनीतिक परिवर्तनका लागि विगतमा महिलाहरूले गरेका प्रयास, आन्दोलन र उनीहरूको योगदानलाई सन्धान वेब पोर्टलमार्फत पुनः स्मरण गराउनु हो ।