कानुन संशोधन गरेर सशस्त्र द्वन्द्वकालीन बलात्कार तथा यौनजन्य हिंसा पीडितलाई न्याय दिलाउने व्यवस्था गरिनुपर्छ –राजु चापागाईँ, अधिवक्ता

नेपालमा २०५२ देखि २०६३ सालसम्म नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबिच सशस्त्र द्वन्द्व भयो । त्यो सशस्त्र द्वन्द्वको समयमा धेरै महिलाले बलात्कार तथा यौनजन्य हिंसा भोगे । यस्ता घटनाको अहिलेसम्म कुनै आधिकारिक तथ्याङ्क नै छैन । सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकार हननका घटनाहरूको छानबिन र सम्बोधनका लागि २०७१ सालमा दुई वटा आयोग गठन गरियो । ती […]
‘२८ वर्ष अगाडि किताब निकालेँ तर डरले लुकाएर राखेँ’ –सीमा खान

‘ऐतिहासिक कथा शृंखला’ हामीले सन्धान वेब पोर्टलमा ‘ऐतिहासिक कथा’ श्रृंखला सुरु गरेका छौँ । यो श्रृंखलाको उद्देश्य परिवर्तनका लागि विगतमा महिलाहरुले गरेका प्रयास, आन्दोलन र उनीहरुको योगदानलाई सन्धान वेब पोर्टलमार्फत पुनः स्मरण गर्नु र गराउनु हो ।
‘आत्मसम्मानका लागि महिला आफैँ सक्रिय हुनुपर्छ :आङ दाली शेर्पा’

विगतमा विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहहरूले प्रकाशन/प्रसारण गरेका महिलाका जीवन कथाहरूलाई हामीले ‘सन्धान सहकार्य’अन्तर्गत साभार गरी हामीले सन्धानमा नियमित रूपमा प्रकाशन/प्रसारण गर्छौं । आज ‘इको हिमाल’द्वारा प्रकाशित ‘सेलिब्रेटिङ् वुमनहुड’ अर्थात् ‘नारीत्व सम्मानित गर्दै’ पुस्तकमा छापिएको आङ दाली शेर्पाको जीवनी ल्याएका छौँ ।
‘महिलाले गर्न हुँदैन’ भनिएका चार वटा विशिष्ट काम ५० वर्षअघि नै गरेँ’ – कविता पौडेल

विद्रोहका कथा वि.सं. २००२ माघ १६ गते अर्घाखाँचीमा जन्मनुभएकी कविता पौडेल लेखक तथा सामाजिक परिवर्तनकी अगुवा हुनुहुन्छ । उहाँले आजभन्दा करिब ५० वर्षअघि समाजमा ‘महिलाले गर्न हुँदैन’ भनिएका विभिन्न कामहरू गर्नुभएको छ । २०२८ सालमा हलो जोत्नुभएकी पौडेललाई ‘महिला भएर हलो जोतेको’ भनेर गाउँ निकाला गर्न ‘पञ्चायत’ बसेको थियो । तर, उहाँ डराउनुभएन ।
राजनीतिक आन्दोलनले बिर्सिएको एउटा नामः मिठाईदेबी विश्वकर्मा

विगतमा विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहहरूले प्रकाशन/प्रसारण गरेका महिलाका जीवन कथाहरूलाई ‘सन्धान सहकार्य’अन्तर्गत साभार गरी हामीले सन्धानमा नियमित रूपमा प्रकाशन/प्रसारण गर्छौं । आज मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित ‘प्रेरणादायी महिलाहरू’को दोस्रो संस्करणमा छापिएको मिठाईदेबी (परिवारका सदस्यका अनुसार “मिठाईदेवी” यस्तो नभइ “मिठाईदेबी” लेख्ने गरिएको ) विश्वकर्माको जीवनी ल्याएका छौँ । ‘प्रेरणादायी महिलाहरू’ मा ‘असमानताको सङ्घर्षका नेतृ: मिठाईदेबी […]
“यो फोटो मेरो र वादी समुदायकै लागि लडाइँको इतिहास हो ।”-उमा वादी

फोटो पत्रकार सागर श्रेष्ठले २०६४ सालमा खिच्नुभएको यो फोटोबारे फोटोमा देखिनुभएकी वादी आन्दोलनकी नेता हाल सुदूरपश्चिम प्रदेश-सभा सदस्य उमा वादीसँग लक्ष्मी बस्नेतले गर्नुभएको कुराकानीः