सबै महिलाका मुद्दा एकसाथ उठाए मात्र आन्दोलन सशक्त हुने – यशो कान्ति भट्टचन

महिलावाद संवाद शृृङ्खला ९ l यशो कान्ति भट्टचन आदिवासी समुदायको अधिकार र संरक्षण क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँले झन्डै चार दशकदेखि विशेष गरी आदिवासी महिलाको अवस्था, अधिकार र सशक्तीकरणका लागि काम गर्दै आउनुभएको इतिहास छ । यशो कान्तिको जन्म बागलुङ जिल्लामा भएको थियो । उहाँले आफ्नो ऐतिहासिक थातथलो भने मुस्ताङ जिल्लाको थासाङ भएको बताउनुभयो । […]
नारीवादको जगबाट महिलावादलाई हेर्दै मधेसलाई बुझ्नुपर्ने –रीता साह

महिलावाद शृङ्खला ८ l रीता साहले स्वतन्त्र लेखन र अधिकारका क्षेत्रमा क्रियाशील भई झन्डै डेढ दशक लामो समय बिताउनुभयो । यस अवधिमा उहाँले तराईमधेसका महिलाको अवस्था र लैङ्गिकताका विविध सवाललाई ‘मूलधार’ को महिला आन्दोलन र राजनीतिसँग जोडेर अध्ययन, अनुसन्धान र विश्लेषण गर्नुभयो । मधेस र मधेसका महिलाका विभिन्न सवालमा पैरवी पनि गर्नुभयो । बियोन्ड बेइजिङ […]
महिलाको टाउको मात्रै होइन, अब विचार पनि गन्नुपर्छ – डा. मीना पौडेल

महिलावाद शृङ्खला–७ l बृहत् आप्रवासनभित्रको नकारात्मक आयाम मानव तथा महिला बेचबिखन हो । त्यसमा पनि विदेशमा बेचिएर स्वदेश फर्किएका महिलाले नेपाली समाजमा भोगेको सामाजिक बहिष्कार र त्यसले महिलाको कानुनी पहिचानमा ल्याएको चुनौती अत्यन्त गम्भीर छ । यही विषयमा मीना पौडेलले सन् २००८ मा बेलायतको न्युक्यासल विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभयो । विद्यावारिधिपछि मीनाले आप्रवासनका विभिन्न आयामबारे नेपाल […]
राजनीतिक अवसर त आज आउँछ, भोलि जान्छ -सीमा खान

महिलावाद–संवाद शृङ्खला ६ । विश्वमा १८औँ शताब्दीमा प्रारम्भ भएको महिलावाद (फेमिनिज्म) को बहस नेपालमा भने २०औँ शताब्दीमा देखियो । यहाँ अझै पनि व्यक्तिगत तह, ससानो समूह र विश्वविद्यालयको पाठ्यक्रममा मात्रै यो सीमित छ । महिलावादले समाजमा सकारात्मक प्रभाव पार्न बाँकी रहेकाले ‘महिलावादी’ शब्दप्रति पनि नकारात्मक दृष्टिकोण हाबी रहेको पाइन्छ । खासमा महिलावाद भनेको के हो […]
महिलावादको अभ्यास घरबाटै सुरु गर्नुपर्छ- दुर्गा साेब

महिलावाद–संवाद शृङ्खला ५ । विश्वमा १८औँ शताब्दीमा प्रारम्भ भएको महिलावाद (फेमिनिज्म) को बहस नेपालमा भने २०औँ शताब्दीमा देखियो । यहाँ अझै पनि व्यक्तिगत तह, ससानो समूह र विश्वविद्यालयको पाठ्यक्रममा मात्रै यो सीमित छ । महिलावादले समाजमा सकारात्मक प्रभाव पार्न बाँकी रहेकाले ‘महिलावादी’ शब्दप्रति पनि नकारात्मक दृष्टिकोण हाबी रहेको पाइन्छ । खासमा महिलावाद भनेको के हो […]
मनोसामाजिक मनोविमर्शको शैक्षिक यात्रामा महिला सन्दर्भ

– डा. भारती अधिकारी डा. भारती अधिकारी वरिष्ठ मनोविज्ञ एवं सह–प्राध्यापक हुनुहन्छ । त्रि–चन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गरी सेवा निवृत्तिपछि पनि उहाँ त्यहीँ नै प्राध्यापनरत हुनुहुन्छ । बनारसको काशी हिन्दु विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधि (पिएचडी) गर्नुभएकी डा. भारतीकै नेतृत्वमा त्रि–चन्द्र क्याम्पसमा २० वर्षअघि सुरु भएको मनोसामाजिक मनोविमर्श (काउन्सिलिङ साइकोलोजी) को अधिस्नातक (पोस्टग्य्राजुएट डिप्लोमा) तहको एकवर्षे पाठ्यक्रमको […]
के पुरुष पनि महिलावादी हुन्छन् ?

लैङ्गिक न्याय र समानता चाहने जो कोही व्यक्ति पनि महिलावादी हुन सक्छ । महिलावादको सम्बन्ध व्यक्तिको यौनिक पहिचानमा होइन, उसको सोचाइ र व्यवहारसँग हुन्छ । समानतामा आधारित सामाजिक न्यायसहितको समाज निर्माणको पक्षमा लाग्ने हरेक व्यक्ति महिलावादी हुन् । यस आधारमा विचार गर्दा महिला, पुरुष, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जो कोही व्यक्ति पनि महिलावादी हुने […]
खेलाडी महिलामाथि सबैतिरबाट विभेद (भिडियो सहित) – विमला पौडेल

ताप्लेजुङमा जन्मिएकी विमला सङ्ग्रौला पौडेल पढाइको सिलसिलामा झापा झर्नुभयो । उहाँको स्कुले जीवन झापामै बित्यो । खेलमा औधी रुचि राख्ने विमलाले त्यो बेला प्रचलित वीरेन्द्र शिल्ड (जिल्लास्तरीय) प्रतियोगितामा स्कुलबाट सहभागी भएर थुप्रै ट्रफी र प्रमाणपत्रहरू प्राप्त गर्नुभयो । सुरुसुरुमा भलिबल र दौड प्रतियोगितामा भाग लिएकी उहाँले २०४१/४२ सालमा फुटबल पनि खेल्न थाल्नुभयो । २०४३ सालमा […]
सामुदायिक वनमा महिलाको नेतृत्व उदाहरणीय छ (भिडियो सहित) – अप्सरा चापागाईं

नेपालमा २०४६ सालको जनआन्दोलन सफल भइसकेपछि सामुदायिक वनसम्बन्धी बहसले पनि व्यापकता पाउन थाल्यो । सरकारले २० वर्षका लागि ‘वन विकास गुरुयोजना २०४६’ लागु गरेको पृष्ठभूमि थियो । गुरुयोजना आएपछि समूहमा वन हस्तान्तरण गर्नुपर्छ भन्ने नीतिगत व्यवस्था पनि भयो । २०४९ सालको वन ऐनमा सामुदायिक वन हस्तान्तरण गर्ने प्रावधान राखियो । हुन त यो ऐन आउनुअघि […]