म राष्ट्रिय अपाङ्ग महासंघको अध्यक्ष हुन सक्षम भइसकेको छु – रमा ढकाल (भिडियो सहित)

राष्ट्रिय अपाङ्ग महासंघको एक्काइसौँ साधारणसभा तथा नवौँ महाधिवेशन यही मङ्सिर १३ र १४ गते हुँदैछ । नेपालगन्जमा हुने महाधिवेशनमा लगभग आठसय जना प्रतिनिधिहरु सहभागी हुने महासंघले जनाएको छ । महाधिवेशनले महासंघको आगामी नेतृत्व चयन गर्नेछ ।

सम्मानपूर्वक बाँच्न पाउने अवस्था बनाउनु छ –राधा मौसी (भिडियो सहित)

सन्दर्भ : संसदीय निर्वाचन २०७९ सर्लाही क्षेत्र नम्बर २ मा पर्ने अगर्वा चोकैमा कात्तिक १७ गते बिहीबार दिउँसो साढे दुई बजेदेखि साढे तीन बजेसम्म तीन वटा गाडीबाट मानिसहरू पालै–पालो ओर्लिए । अन्तिममा ओर्लनुभयो ‘राधा मौसी’ ।

एसिड आक्रमणका पीडितहरूको अधिकार मेरो एजेन्डा– विन्दवासिनी कंसाकार (अडियो सहित)

सन्दर्भ : संसदीय निर्वाचन २०७९ मकवानपुर जिल्लाको हेटौँडाकी विन्दवासिनी कंसाकारमाथि २०७० साल वैशाख ९ गते एसिड आक्रमण भयो । त्यो घटनापछि उहाँ केही वर्ष घटनाको पीडा भुल्न र उपचारका लागि घरमै बस्नुभयो । झन्डै १० वर्षअघि भएको एसिड आक्रमणकी पीडित उहाँ केही वर्ष यता भने एसिड आक्रमणका पीडितहरूका लागि लड्ने सक्रिय अभियन्ता बन्नुभएको छ । […]

घोषणापत्र नयाँ : महिला सवालमा पुरानै ढर्रा

सन्दर्भ : संसदीय निर्वाचन २०७९ प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि २०७९ सालको मङ्सिर ४ गते हुने निर्वाचन नजिकिँदै छ । राजनीतिक दलहरू आआफ्ना घोषणापत्र लिएर जनतामाझ पुगिरहेका छन् । नेपालको संविधानले महिलाको हक र अधिकारको सुनिश्चित गरेको छ । संविधानको धारा ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने […]

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार नै मुख्य मुद्दा (अडियो सहित) – शिल्पा चौधरी

सन्दर्भ : संसदीय निर्वाचन २०७९ दाङकी शिल्पा चौधरीले सामाजिक क्षेत्रमा लामो समय काम गरेपछि २०६९ सालमा राजनीतिमा प्रवेश गर्नुभयो । उहाँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा पर्नु हुन्छ । ३९ वर्षीया शिल्पा आफूलाई पारलैङ्गिक महिला भनेर चिनाउनु हुन्छ ।

महँगो राजनीतिले महिलालाई अप्ठ्यारो पारिरहेको छ (भिडियो सहित) – विभा ठाकुर

सन्दर्भ : संसदीय निर्वाचन २०७९ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २०७९ साल मङ्सिर ४ गते निर्वाचन हुँदैछ । निर्वाचन आउन अब ३२ दिन बाँकी छ । आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० प्रतिशतको हाराहारीमा मात्रै महिलाहरूको उम्मेदवारी परेको छ । अहिलेका ठुला सबैजसो पार्टीमा स्थापनाकालदेखि नै महिलाहरूको योगदान र सहभागिता रहँदै आएको छ ।

लैङ्गिक असमानताको जग : घरायसी र स्याहारसुसारका काम

महिला आन्दोलनले वर्षौंदेखि विनापारिश्रमिक गरिने घरायसीलगायत स्याहारसुसारको कामले मानसिक, सामाजिक, आर्थिक, राजनैतिकलगायत विभिन्न तवरबाट नकारात्मक असर परेको मुद्दा उठाउने गरेको छ । सन् १९७९ मा मीना आचार्य तथा अन्य विज्ञहरू मिलेर गरेको ऐतिहासिक अध्ययन ‘नेपाली महिलाको मर्यादास्तर’ मा पारिश्रमिक विनाको घरायसी तथा स्याहारसुसारको कामको मापन र मूल्याङ्कन गरिनुपर्ने उल्लेख गरेको थियो ।

समतावादी प्रश्नको घेरामा लैङ्गिकता र धर्म

लैङ्गिकता र धर्म समतावादी प्रश्नको घेरामा पर्न थालेका छन् । सामाजिक लिङ्ग धेरैजसो धार्मिक आदेशहरूको केन्द्रविन्दु भएकाले पनि यस्तो हुन गएको हो । धर्महरूले लैङ्गिक सम्बन्धहरूमा महत्त्वपूर्ण प्रभाव पार्दछन् । विश्वव्यापी रूपमा पितृसत्तात्मक सम्बन्ध धेरैजसो धर्महरूमा केन्द्रित हुन्छ । यो विश्वव्यापी सिद्धान्त नभए पनि नारीवादी मनोविज्ञानको व्यापक चासोभित्र पर्दछ । समतावादी कोणबाट लिङ्ग र धर्मको […]

सम्भव छ, फोहरमैलाको दिगो र प्रभावकारी व्यवस्थापन

मानव तथा प्राणीहरूको क्रियाकलापबाट फोहोरमैला उत्पादन हुने गर्छ । यो निरन्तर चलिरहने प्रक्रिया हो । बढ्दो जनसङ्ख्या, सहरीकरण र भौतिक सुविधाका कारण सहरी क्षेत्रमा बढ्दै गइरहेको बसाइँसराइले गर्दा सहरी क्षेत्रको जनसङ्ख्यामा अनपेक्षित वृद्धिसँगै फोहोरमैलाको परिमाण पनि दिनानुदिन बढ्ने गर्छ र बढिरहेको छ । यस्तै, बढ्दो आधुनिकीकरणको गतिसँगै जीवनशैली र संस्कृतिमा आएको परिवर्तनबाट फोहोरमैलाको परिमाण र […]