ओछ्यान : पितृसत्ताको ढलिमली

आफ्नो आफ्नो उमेर सम्झनुस् । आजसम्म कति पटक ओछ्यानमा निदाउनुभो होला ? उमेरका आधारमा हिसाब गरी हेर्नुस् । अँ, साँच्ची ! ओछ्यानमा पल्टिएर निदाउनुअघि ओछ्यानको पनि इतिहास छ भनेर सोच्नुभो कहिल्यै ? हामीलाई वास्ता हुँदैन तर बेवास्ता गरेका कैयन् चिजको इतिहास हुन्छ । ओछ्यानको पनि छ । पाषाणकालमै ओछ्यानको आविष्कार भएको मान्नुहुन्छ, ब्रिटिश लेखक तथा […]

बहुल पहिचानमा राज्यको समबुझाइ र समभाव हुनुपर्छ – प्रतिमा गुरुङ (भिडियो कुराकानी)

प्रतिमा गुरुङ अपाङ्गता भएका आदिवासी जनजाति महिलाहरूको अधिकारका लागि काम गर्नुहुन्छ । उहाँ राष्ट्रिय आदिवासी अपाङ्ग महिला सङ्घ नेपाल (निडवान नेपाल) को अध्यक्ष हुनाका साथै अपाङ्गता भएका आदिवासी जनजातिहरूको ग्लोबल नेटवर्कमा आबद्ध हुनुहुन्छ । उहाँले अपाङ्गता भएका महिलाहरूलाई घरपरिवार भित्रैबाट हुने हिंसा र विभेदसम्बन्धी अनुसन्धान गर्नुभएको छ ।

पत्रकारितामा महिला आउनभन्दा टिक्न गाह्रो – ज्ञानु श्रेष्ठ, पत्रकार

ज्ञानु श्रेष्ठ रामेछाप जिल्लामा बसेर ११ वर्षदेखि पत्रकारिता गर्दै आउनुभएको छ । सिन्धुलीबाट निस्किने ‘जनबोली सन्देश’ दैनिक पत्रिकामा २०६८ सालदेखि रामेछापबाट समाचार पठाउने कामबाट उहाँको पत्रकारिता सुरु भएको थियो ।

लैङ्गिक अध्ययन विषय पठनपाठनका चुनौती

लैङ्गिक अध्ययन विषयकको प्राज्ञिक इतिहास खासै लामो छैन । जेन पिल्चर र इमेल्डा व्हेलहानले ‘फिफ्टी की कन्सेप्ट्स इन जेन्डर स्टडिज’ मा यो सन् १९६० को दशकको अन्त्यतिर सुरु भएको र महिलावादी आन्दोलनको दोस्रो लहरसँगै यसको विकासको क्रम अझ फराकिलो भएको उल्लेख गर्नुभएको छ ।

अपमान पनि हिंसाको एउटा स्वरूप हो –अष्टलक्ष्मी शाक्य (अडियो सहित)

पार्टी राजनीतिमा अष्टलक्ष्मी शाक्य नेकपा एमालेका उपाध्यक्ष हुनुहुन्छ । २०१० सालमा जन्मिएकी उहाँ काठमाडौँको सम्पन्न नेवार परिवारकी छोरी हुनुहुन्छ । शिक्षादीक्षा लिन उहाँलाई कुनै अभाव र अप्ठ्यारो थिएन । २०२८ सालमा एसएलसी उत्तीर्ण गरेपछि उहाँले चिनियाँ भाषा पढ्न थाल्नुभयो । चिनियाँ भाषासँगै चीनको कम्युनिस्ट राजनीति, माओ त्से तुङ आदिका बारेमा पनि बुझ्नुभयो ।

न्यायका लागि माइतीघरमा धर्ना जारी (भिडियो सहित)

बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंमा धर्ना जारी छ । कुर्मीको अपहरण र शरीर बन्धकपछि हत्या भएको थियो । त्यसको विरोधमा आन्दोलनरत अधिकारकर्मीहरूले काठमाडौँमा फेरि धर्ना सुरू गरेका छन् । महिला अधिकार मञ्च बाँकेकी अध्यक्ष तथा अभियन्ता रुबी खान नेतृत्वको टोली अहिले माइतीघर मण्डलमा धर्ना बसेको छ ।

नीति तथा कार्यक्रमहरूलाई महिलाको आँखाले हेर्नेछु – रेखा शर्मा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेता रेखा शर्मा २०७९ सालको संसदीय निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको छ । २०२६ असोज ९ गते जन्मेकी शर्माले २०४२ सालमा राजनीति सुरु गर्नुभएको हो । उहाँ २०७० सालमा गठन भएको संविधान सभाको सदस्य हुनुभयो । २०७२ कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासन मन्त्री […]

आफ्नो हिंसा लुकाएर अरूलाई सहयोग गर्छौँ – श्याम साह (भिडियो सहित)

आफ्नो अधिकारका साथै अरू महिलाहरूको अधिकारका लागि काम गर्ने र बोल्ने महिलाहरूको संस्था हो, ‘महिला मानवअधिकार रक्षक सञ्जाल’ । यसको राष्ट्रिय सन्जालका साथै सबै जिल्लाहरूमा महिला मानवअधिकार जिल्ला सञ्जालहरू छन् । महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालका अध्यक्ष हुनुहुन्छ, श्याम साह ।

आफैँबाट सुरु गर्नुपर्छ महिनावारी विभेदको अन्त्य (भिडियो)

सन्दर्भ : अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस (डिसेम्बर ८) महिलामाथि गरिने विभिन्न प्रकारका हिंसा र विभेदमध्ये महिनावारी विभेद पनि एक हो । महिनावारी महिलामा हुने एक प्राकृतिक प्रक्रिया हो । यो महिलाको प्रजनन स्वास्थ्यसँग सम्बन्धित मासिक चक्रमा चल्ने नियमित र अभिन्न अवस्था पनि हो । यस्तो हुनु स्वाभाविक भए पनि घरपरिवार र समाजले यसलाई धर्म र […]