सामुदायिक वनमा महिला सहभागिता : नेतृत्व र भूमिका

नेपालको सामुदायिक वन व्यवस्थापन अन्तर्राष्ट्रिय स्तरमै उदाहरणीय एवं सफल वन व्यवस्थापन पद्धतिको रूपमा स्थापित छ । यसले स्थानीय महिलामा आत्मविश्वास जगाउन, उनीहरूको क्षमता वृद्धि गर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि सघाएको छ । सामुदायिक वन व्यवस्थापनमा सक्रिय भएका केही महिला स्थानीय मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि सक्रिय देखिएका छन् ।
पहिचान नपाउँदै बित्नुभयो आमा पनि –नेत्र राजवंशी

झापा विद्रोह सुरु भएको अर्को वर्ष २०२९ फागुन २१ गते तत्कालीन पञ्चायत सरकारले पाँच जना नेताको हत्या गर्यो। त्यसैमध्येका एक हुनुहुन्थ्यो, वीरेन राजवंशी । २०२८ सालमा थालनी भएको सो विद्रोहमा उहाँ सुरुदेखि नै लाग्नुभएको थियो । वीरेनको हत्या भएको १७ वर्षपछि देशमा पञ्चायत व्यवस्थाको अन्त्य भएर बहुदलीय व्यवस्था लागु भयो । संसदीय राजतन्त्रसहितको प्रजातन्त्र आयो […]
बालविवाह रोक्ने अभियानमा बाजुराका किशोरी

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ गुदुगाउँकी एक किशोरीले १५ वर्षमा के टेकेकी थिइन्, घरमा उनको विवाह गरिदिने कुरा चलिहाल्यो । परिवारले गाउँकै एक केटासँग बिहे गरिदिने तय पनि गरे । त्यति बेला ती किशोरी कक्षा ८ मा पढ्दै थिइन् । परिवारले गरेको निर्णयका विरुद्ध उनले हाकाहाकी बोल्न सकिनन् । परम्परागत पारिवारिक वातावरणले […]
थारू जातिमा महिला नेतृत्वप्रति बढ्दो विश्वास

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका सात गाउँमा यस वर्ष माघमा सात जना महिला भलमन्सा बन्न सफल भए । उनीहरू थारू जातिमा रहेको परम्परागत कार्यविभाजन र बडघर प्रथाको अनुसरण गर्दै २०८०–८१ को एक वर्षका लागि आ–आफ्नो गाउँको भलमन्सा भएर नेतृत्वमा पुगेका हुन् ।
धन र ज्यान गुमाएकालाई न्याय खोजिदिनेको लडाइँ

बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७, परशपुरकी निर्मला कुर्मीको शङ्कास्पद मृत्युको चित्तबुझ्दो छानबिन भएन । यसैले छानबिन गरी दोषीलाई कारबाही गर्न माग राख्दै तेस्रो पटक बाँकेका अधिकारकर्मीसहित स्थानीय १३ महिला र एक पुरुषले काठमाडौँस्थित माइतीघर मण्डलमा धर्ना दिए । भारतमा निर्मलाको शङ्कास्पद मृत्यु भएपछि उनको न्यायका लागि २०७६ चैत १४ मा बाँकेमा आन्दोलन सुरु […]
ओझेलमै छन् आन्दोलनमा अपाङ्गता भएका महिलाहरू

अपाङ्गता भएका महिलाहरू नेपालको राजनीतिक र सामाजिक आन्दोलनहरूमा सङ्गठित र सचेत भएर सक्रिय रूपमा सहभागी भएको पाइन्छ । इतिहासलाई फर्केर हेर्दा अपाङ्गता भएका महिलाहरूले पनि युगान्तकारी राजनीतिक परिवर्तनहरूमा अग्रपङ्क्तिमा रहेरै योगदान पुर्याएको देखिन्छ । २०४६ सालको जनआन्दोलनदेखि २०६२–६३ हुँदै पछिल्ला आन्दोलन र अभियानहरूमा सुरुका दिनदेखि नै अपाङ्गता भएका महिलाहरूले सक्रिय रूपमा सङ्घर्षमा भाग लिए । […]
साथीहरूकै घरमा लुकेर गरेको हो सडक आन्दोलन

मेरो राजनीति २०३९ सालमा सुरु भएको हो । म त्यतिबेला पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्य थिएँ । २०४२ सालमा सत्याग्रह हुँदा पनि म पद्मकन्यामै पढ्थेँ । विद्यार्थी राजनीतिमै सक्रिय थिएँ । स्ववियुको सहसचिव थिएँ । २०४५ सालमा पद्मकन्या क्याम्पसमा स्ववियु सभापति निर्वाचित भएँ । त्यसपछि स्ववियुको चुनाव लामो समयसम्म हुन नसकेकाले २०४९ […]
राउटे जातिमा परिवर्तनको सवाल र सङ्केत

दैलेखको राउटे बस्तीका लागि विगत पाँच वर्षदेखि निरन्तर खटिएका जोडी शिक्षक हुनुहुन्छ, दुर्गा खत्री र लालबहादुर खत्री । उहाँहरू दम्पती पनि हुनुहुन्छ । दुवै जना हरेक दिन राउटे बस्तीको छेउमै गएर अफिसको काम गर्नुहुन्छ । राउटे समुदायको दैनिक क्रियाकलाप, आनीबानी, सोच, समझ आदिका बारे जानकारी राख्नुहुन्छ । दुःखसुखलाई नजिकबाट अवलोकन गरी उहाँहरूले सक्दो सहयोग पनि […]
स्थानीय निर्वाचनका सात दशक : महिला सहभागिताको इतिहास

नेपाली महिलाहरूले उम्मेदवार बन्ने र मताधिकार प्रयोग गर्ने पहिलो अवसर २०१० सालको स्थानीय निर्वाचनमा प्राप्त गरेका हुन् । त्यसयताका सात दशकमा स्थानीय निर्वाचनमा महिला सहभागिताको इतिहास देशको राजनीतिक उतारचढाव र परिवर्तनसँग प्रत्यक्ष जोडिएको जल्दोबल्दो मुद्दा हो । जनप्रतिनिधित्वमा महिला सहभागिताको मुद्दा प्रजातान्त्रिक प्रणालीमा अत्यन्तै महत्त्वपूर्ण हुन्छ । यस्तो भइकन पनि नेपालको सन्दर्भमा फरक प्रयोग हुँदै […]