चितवनमा महिला जनप्रतिनिधिले गरेका अनुभव र उत्कृष्ट काम

सन्धान रिपोर्ट शृङ्खला १ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा दलले मनोनयनपत्र पेस गर्दा अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी गर्नुपर्ने र गाउँपालिका वा नगरपालिकाको वडा समितिमा एक जना दलित […]
मिथिला कलामा महिलाको योगदानलाई बेवास्ता गरिएको छ (भिडियो सहित)

मिथिला कलाका अधिकांश कलाकारहरू महिला छन् । महिला कलाकारको बाहुल्य हुुनु मिथिला कलाको एउटा महत्त्वपूर्ण पाटो पनि हो । अधिकांश महिलाले अघि बढाएको मिथिला चित्रकलालाई कला–साहित्य क्षेत्रमै मौलिक र महत्त्वपूर्ण मानिन्छ । ‘मिथिला आर्ट’ को नामले पनि चिनिँदै आएको यो कलाको इतिहास पाँच हजार वर्षभन्दा पुरानो पाइएको छ ।
मतदाताको मतलाई कदर गर्ने गरी नेतृत्व शैली अपनाएँ

सन्धान संवाद शृङ्खला -१ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने एउटा नाम हो, कान्तिका सेजुवाल । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ६ स्थित जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका प्रमुखमा निर्वाचित हुनुभयो । २०७४ फागुन १२ मा कर्णाली प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका […]
भूमिगत राजनीतिदेखिको अनुभव (भिडियोसहित)

निर्दलीय पञ्चायती व्यवस्था चलिरहेको समय थियो । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी लीला कट्टेल कार्की २०४१ मङ्सिरदेखि २०४४ असारसम्म भूमिगत हुनुभयो । २०२१ जेठमा जन्मिएकी उहाँ कक्षा १० मा पढ्दै गर्दा २०३६ सालमा विद्यार्थी सङ्गठनमा आबद्ध हुनुभयो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हुँदै उहाँ वामपन्थी राजनीतिमा लागेपछि पार्टीले उहाँलाई भूमिगत भएर काम […]
चुरे दोहनले अन्ततः सबैलाई पिर्छ

चुरे तथा वन संरक्षण अभियानका सदस्यहरू काठमाडौँको माइतीघर मण्डलमा धर्नामा छन् । २०८१ जेठ १० गते सुरु भएको धर्नामा सहभागीहरूमध्ये अधिकांश महिला छन् । उनीहरू ‘चुरे तथा वनजङ्गल संरक्षण अभियान’ लिएर २२ जनाको टोलीमा सहभागी भई २०८१ वैशाख १६ गते सप्तरीको भारदहबाट पैदल हिँडेर २३ दिनमा काठमाडौँको माइतीघर मण्डल र नयाँ बानेश्वर क्षेत्रमा आइपुगेका थिए […]
म नै हो ‘हेडसर’ (भिडियो सहित)

अप्सरा खड्का सिन्धुपाल्चोक जिल्लाको धुस्कुन आधारभूत विद्यालयको प्रधानाध्यापक हुनुभएको १० वर्ष जति भयो । उहाँ सोही जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ की बासिन्दा पनि हुनुहुन्छ । प्रधानाध्यापक भइसकेपछि अप्सराले शैक्षिक क्षेत्रसँग जोडिएका गाउँ समाजका वास्तविकतालाई नजिकबाट नियाल्न र अनुभव गर्न पाउनुभयो ।
विभेदका नयाँ नयाँ स्वरूपसँग जुध्दै

नेपालमा २०६८ सालदेखि हरेक वर्ष जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ मनाउने गरिएको छ । छुवाछुतमुक्त राष्ट्र घोषणा भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । पुनर्स्थापित प्रतिनिधि सभामा प्रस्तुत ‘छुवाछुत र भेदभाव मुक्त राष्ट्र नेपाल घोषणा गरियोस्’ भनी राखिएको सार्वजनिक महत्त्वको प्रस्ताव २०६३ जेठ २१ गते पारित भएको थियो । […]
सम्बन्ध टुट्दा ओझेलमा परेको सम्पत्तिमाथिको अधिकार

सम्बन्धविच्छेद राज्यको कानुनअन्तर्गत विवाहको आधिकारिक अन्त्य गर्ने कार्य हो । पति वा पत्नी अथवा दुवैले एक अर्कासँग सम्बन्ध कायम राखी बस्नुभन्दा सम्बन्धलाई अन्त्य गर्न उत्तम ठानेमा सम्बन्धविच्छेद हुने गर्दछ । विवाहको कानुनी दायित्व तथा जिम्मेवारी खारेज गर्ने र अधिकारको संरक्षण गर्ने कुरासँग समेत यो सम्बन्धित हुन्छ । सम्बन्धविच्छेदपछि सम्पत्तिमाथिको अधिकारबाट महिलाहरू वञ्चित हुने गरेका छन् […]
नेपाली पत्रकारितामा महिला सहभागिता र चुनौती

नेपालमा नै छापी प्रकाशन भएको ‘सुधासागर’ बाट गणना गर्दा पनि नेपाली पत्रकारिताको यात्राले करिब सवा शताब्दीको यात्रा पार गरेको छ । यात्राको यो दौरानमा पत्रकारितामा महिलाको प्रवेश कहिलेबाट कसरी भयो र अहिलेको अवस्था के छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ ।