सानैदेखि सक्रिय भुइँमान्छेका रहर, दुःख र वितृष्णा (भिडियो सहित)

पिस्कर काण्डमा महिला शृङ्खला ५ पिस्कर र वरपरका गाउँमा २०४० साल माघको पहिलो सातादेखि सबैजसो घर प्रहरीको निगरानीमा परे । अधिकांश थामी समुदायको बसोबास रहेको, थामीहरू भूमिगत राजनीतिमा पनि लागेको, विभिन्न गतिविधि गरी व्यवस्थाविरोधी भावना फैलाइरहेको र त्यस्तो गतिविधिलाई सघाएको जस्ता कारणले सो समुदायका महिलाहरू झन् धेरै निगरानीमा परेका थिए । बिर्खमाया थामी पिस्कर काण्ड […]

हामीलाई दिइएका अधिकारले मात्रै नपुग्ने अनुभव भयो

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको गीताकुमारी गुरुङले निलो कुर्तामा कलेजी स्टकोट लगाउनु भएको छ । गलामा बिभिन्न फुलको माला लगाउनु भएको छ । निधारमा अबिरको टिका छ । उहाँ बिजयी मुद्राका सम्बोधन गरिरहनु भएको देखिन्छ ।

सन्धान संवाद शृङ्खला ११ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, गीताकुमारी गुरुङ । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ३ स्थित चितवन जिल्लाको इच्छाकामना गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७६ पुस १६ मा बागमती प्रदेश नाम राखिएको उक्त प्रदेशबाट गाउँपालिका अध्यक्षमा […]

जति नै दुःख गरे पनि अवस्था जहाँको तहीँ (भिडियो सहित)

पिस्कर काण्डमा महिला शृङ्खला ४ पिस्कर काण्डका प्रत्यक्षदर्शी र भुक्तभोगी थामी समुदायका मानिसले राजनीतिमा लागेर जीवनलाई सहज र सम्पन्न बनाउने विश्वास गरे तर झन्डै आधा शताब्दी बित्दा पनि त्यस्तो हुन सकेन । यस बिचमा तीन पुस्ताका श्रम, सपना, ज्ञान र अनुभव जोडिए । जीवनस्तर भने सोचे जस्तो भएन, माथि पनि उठेन । सिन्धुपाल्चोकको पहाडी गाउँ […]

प्रयोग नहुने चेतका साथ पदीय भूमिकाको खोजी

ब्यानर फोटोमा सुदुर पश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाको उपप्रमुख सुशीला मिश्र (भट्ट), बेलौरी नगरपालिकाको उपप्रमुख चित्रकुमारी चौधरी, कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका वडा नं. ३ वडा सदस्य पदमा सुनार र कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ३ की वडा सदस्य भागी देवी साउँदको तस्विर राखेर नेपालको नक्सा पनि राखिएको छ । जसमा सुदुर पश्चिम प्रदेशलाई चिनाउन रातो चिन्ह लगाइएको छ ।

सन्धान रिपोर्ट शृङ्खला १० कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा जारी ‘नेपालको संविधान’ ले नेपाललाई सङ्घीय मुलुकमा परिणत गर्दै तीन तहका सरकारको व्यवस्था गर्‍यो । राज्य संरचनाको यही परिवर्तनसँगै राज्यका माथिल्ला निकायदेखि स्थानीय पालिकासम्ममा समावेशी सिद्धान्तका कारण नेपाली महिलाको सहभागिता […]

त्यो बेला गाउँघरमा देवरानी र मैले धेरै दुःख काट्यौँ (भिडियो सहित)

पिस्कर काण्डमा महिला शृङ्खला ३ पिस्करमा २०४० सालको जात्रामा बिहानीपख यत्तिकै गोली चलेको थिएन । पाँच वर्षअघिदेखि नै त्यहाँ व्यवस्थाका पक्ष र विरोधमा लागेकाहरूबिच खिचातानी, आरोप–प्रत्यारोप, मुद्दामामिला आदि चल्दै आएको थियो । जात्रामा राजनीति घुसाइएपछि माघ १ गतेको गोलीकाण्ड भयो । पिस्करवासी अमृतकुमारी बोहराको कुराबाट पनि यो कुरा थाहा हुन्छ । सिन्धुपाल्चोक जिल्लाकै बोचमा माइती […]

सक्दो खटेर काम गरियो र मन जितियो

झापा जिल्लाको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले सेताे मा राताे बाेर्डर भएकाे साडी लगाएर स्टुडियाेमा बसेर खिचेकाे तस्विर राखिएकाे छ । ब्यानर फाेटाेमा फर्किएर हेर्दा नगरपालिकाका महिला सारथीहरू १९ अंक लेखिएकाे छ ।

सन्धान संवाद शृङ्खला १० कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, मेनुका काफ्ले । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर १ स्थित झापा जिल्लाको कमल गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । १४ वटा जिल्ला रहेको प्रदेश नम्बर १ मा एक महानगरपालिका, दुई उपमहानगर […]

पीडितकै मनोभावमा सहिदका परिवार (भिडियोसहित)

पिस्कर काण्डमा सहिद हुनु भएका वीरबहादुर थामी र इली थामीको परिवारका सदस्य र नातेदार गरेर ८ जनाको तस्बिर राखिएको छ । उक्त तस्बिरको पृष्ठभूमिमा पिस्कर काण्ड भएको महादेव मन्दिर क्षेत्र र सहिदको स्तम्भ रहेको छ । ब्यानर तस्बिरमा पिस्कर काण्ड, महिला शृङ्खला २ सहिद परिवारको अवस्था हेरिदिए हुन्थ्यो भन्ने राखिएको छ ।

पिस्कर काण्डमा महिला शृङ्खला २ पछिल्लो पुस्ताका थामीहरू, जसले ‘पिस्कर काण्ड’ मा परिवारका अग्रज सदस्य गुमाएर सहिद परिवार र आफन्त हुन पुगे, तिनले चार दशकसम्म पनि आफूलाई पीडित र प्रभावित व्यक्तिका रूपमै पाए । त्यही भावमा आफूलाई उभ्याए । तत्काल केही रकम र राहत दिइएको भनिए पनि सहिद परिवारको लागि दीर्घकालीन सोचले खासै केही व्यवस्था […]

उत्तरदायी र जवाफदेही प्रतिनिधित्वको अभ्यासमा

सन्धान रिपोर्ट शृङ्खला ९ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा जारी ‘नेपालको संविधान’ ले नेपाललाई सङ्घीय मुलुकमा परिणत गर्दै तीन तहका सरकारको व्यवस्था गर्‍यो । राज्य संरचनाको यही परिवर्तनसँगै राज्यका माथिल्ला निकायदेखि स्थानीय पालिकासम्ममा समावेशी सिद्धान्तका कारण नेपाली महिलाको सहभागिता […]

दुःख, कष्ट र त्रासदीको नमिठो सम्झना (भिडियोसहित)

‘पिस्कर काण्डमा महिला’ शृङ्खला १ पिस्कर काण्ड भएका बेला रत्नकुमारी थामी १७ र आइतमाया थामी ११ वर्षकी हुनुहुन्थ्यो । २०२३ सालमा जन्मिएकी रत्नकुमारी अहिले ५८ वर्ष र २०२९ सालमा जन्मिएकी आइतमाया ५२ वर्षकी हुनुभयो । अभिभावकसँग उहाँहरू पनि २०४० पुस मसान्तको राति पिस्करस्थित महादेवस्थानमा परम्परादेखि मनाउँदै आएको जात्रा हेर्न जानुभएको थियो । ४० वर्षअघि त्यो […]