झापा आन्दोलनमा महिला सहभागिता, नेतृत्व र योगदान

“हामीले संगठनको पकड धेरै बलियो बनाएर, पहिले नै हतियार जम्मा पारेर, सैन्य तालिम लिएर वा दिएर झापा विद्रोह सुरु गरेका थिएनौं । आक्रमणअघि स्क्वायडलाई कहीँकतै सैन्य तालिम दिइएको थिएन । विद्रोह सुरु गर्दा हाम्रो सांगठनिक आधार पनि त्यति बलियो थिएन । एक सय पचासको हाराहारीमा युवाहरू संगठित थियौं । रात–बिहान सघाउने किसानहरूसहित कार्यकर्ताहरूको संख्या तीन […]
मेचेहरूमा अहिले धेरै परिवर्तन आएको छ (भिडियो सहित)

– आङश्री मेचे झापाको मेचीनगरस्थित चारआलीमा २०२२ सालमा आङश्री मेचेको जन्म भयो । त्यसको चार वर्षमा उहाँको आमा बित्नुभयो । उहाँको बुबाले अर्को बिहे गर्नुभयो । उहाँको बाल्यकाल भाइहरूको हेरचाह गर्दै बित्यो । १४ वर्षमा त बिहे नै भयो ।
महिलाहरू आफैँले टेकेर हिँड्न सक्नुपर्छ (भिडियो सहित) – रजनी जोन्छेँ

रजनी जोन्छेँ नेपाली कांग्रेस भक्तपुरकी नेता तथा बागमती प्रदेशको पूर्व मन्त्री एवं पूर्व प्रदेश सभा सदस्य हुनुहुन्छ । २००५ असारमा ललितपुरको पाटनमा जन्मिएकी रजनीले २०३१ देखि २०६३ सालसम्म नेसनल कन्स्ट्रक्सन कम्पनी अफ नेपालमा जागिर खानुभयो । त्यहाँ उहाँ नायब प्रबन्धकसम्म हुनुभयो । जागिरे छँँदा उहाँले अप्रत्यक्ष रूपमा राजनीतिलाई सहयोग गर्नुभयो । उहाँ जागिरबाट अवकाश लिएकै […]
नेपालमा अटिजमको अवस्था र असर

किशोरी छोरीको भित्री वस्त्र हेरेर ‘अब तिमीले प्याड लगाउनुपर्छ’ भनेर सम्झाउँदै गरेकी आमा र जवान छोरालाई हस्तमैथुन गर्न हात समातेर सहयोग गरिरहेकी आमा ! कुुनै नाटक वा चलचित्रको दृश्य जस्तो लाग्ने यस्तो परिस्थितिको कल्पनासम्म पनि सामान्य अभिभावकले गर्न सक्दैन । तर, यस्ता घटना अटिजम भएका किशोर किशोरीका अभिभावकहरूको जीवनका अनिवार्य जिम्मेवारी बनेका छन् ।
व्यवस्था परिवर्तनका लागि राजनीतिमा लागेँ – मेनुका काफ्ले (भिडियो सहित)

मेनुका काफ्लेको राजनीतिक यात्रा १५ वर्षको उमेरमै सुरु भयो । २०२१ सालमा जन्मिएकी उहाँ २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय भएरै सहभागी भएको स्मरण गर्नुहुन्छ । राजनीतिमा आबद्ध अग्रजहरूले विभिन्न खालका पुस्तकका साथै चिनियाँ चित्रकथाका किताबहरू पढ्न दिनुहुन्थ्यो । ती चित्रकथामा चिनियाँ क्रान्तिमा १४–१५ वर्ष उमेरका किशोरकिशोरीहरूको सक्रिय सहभागिताका कुरा हुन्थे । ती कुराले राजनीतिमा लाग्नैपर्छ […]
वादी महिलाको पहिचान र अधिकार आन्दोलन

वादी समुदायका महिलाले आफ्नो सम्मानजनक पहिचान र समान अधिकारका लागि पटक पटक सङ्घर्ष गरेका छन् । आधुनिक नेपालमा प्रजातन्त्र पुनर्वहाली भएयताका विभिन्न कालखण्डमा वादी महिलाले समाजमा अत्यन्तै विवादित, विभेदित र सीमान्तकृत भएर आफ्नो घरपरिवार चलाउनु र जीवन कटाउनुपरेको थियो । त्यसैको प्रतिरोधमा उनीहरूले विभिन्न चरणमा सरकारको ध्यानाकर्षण गर्ने गरी आन्दोलन गरेर वादी समुदायकै लागि सम्मानजनक […]
मेचेको अवस्थामा परिवर्तन आइरहेको छ (भिडियो सहित) – कुमारी मेचे

नेपालका १० वटा लोपोन्मुख जातिमध्ये एक मेचे पनि हो । मेचे जातीय समुदायको बसोबास झापा जिल्लाको विभिन्न स्थानमा छ । २०७८ सालको जनगणना अनुसार मेचेको जनसङ्ख्या पाँच हजार १९३ छ । लोपोन्मुख जातिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । यसले मेचे समुदायका लागि शिक्षा र स्वास्थ्यमा राहत पुगेको भनाइ मेचे समुदायका अगुवाहरूको छ […]
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक : पहिचानको आन्दोलन

कैलालीका छुटकनु चौधरी जन्मिँदा केटा देखिनुहुन्थ्यो । हुर्कंदै गर्दा उहाँले आफू अरूभन्दा फरक रहेको अनुभव गर्न थाल्नुभयो । उहाँलाई किन आफू केटी जस्तो हुनथालेको छु ? किन केटाको लुगा मन पर्दैन ? भन्ने जिज्ञासा हुन थाल्यो । उहाँले भन्नुभयो, “साहुका घरमा धेरै काम गर्नुपर्थ्यो । आफ्नो बारेमा सोच्ने फुर्सद पनि हुँदैन थियो । मलाई केटा […]
कर्णाली विशेष : टाढिँदै छ बालिका बलात्कारमा न्यायको पहुँच

पहिलो प्रतिनिधि घटना : दीपकबहादुर शाहीकी छोरी साढे दश वर्षमै बलात्कारमा परेपछि जुम्लामा उजुरी पर्यो । बलात्कृत बालिकाको जन्मघर जाजरकोट जिल्ला कुशे गाउँपालिका हो । आमाले दोस्रो बिहे गरेपछि बाबुको स्नेह मिलेन । घरमा बेवास्ता भएपछि बालिकालाई आमासँगै जुम्ला बजारमा राखियो । बजारमा बालिकाकी आमाको चिया दोकान थियो । चन्दननाथ नमुना माध्यमिक विद्यालयमा बालिकाको पढाइ […]