तरकारी खेतीमा जुम्लाका महिला : श्रमको बाँडफाँट र आयमा स्वामित्वको प्रश्न

“मलाई अमेरिका यै, मलाई जापान पनि यै !” बोलको गीत जुम्लाका ग्रामीण भेगका किसान महिलाको परिश्रमसँग केही हदसम्म मिल्दोजुल्दो छ । पशुपति शर्माले गाएको यो गीत चन्दननाथ नगरपालिका–९ को बयलकाटिया, पातारासी गाउँपालिका–६ को घोडेसिन र पातारासी–७ को रिनिगाउँका केही महिलाको दैनिकीसँग फरक तरिकाले मिलेको पाइन्छ । जुम्लाका महिलाहरू खेतबारीमा काम गरेर आयआर्जन गर्न सफल त […]

बाल र बहुविवाहको दलदलमा सुनिता

पाँच वर्षअघिको कुरा हो, सुनिता कामीले १६ वर्षमै बिहे गरिन् । उनले जुम्लाको सदरमुकामस्थित चन्दननाथ नगरपालिका वडा नम्बर १ ललिचौरका लोकेन्द्र कामीसँग भागी बिहे गरेकी थिइन् । आफैँले बालविवाह गरेकी सुनिताको काँधमा अहिले ३ वर्षकी छोरी छन् भने काखमा ४ महिनाका छोरा । पालनपोषणको भार उनैमाथि छ ।

सन्धान मोबाइल फोटो प्रतियोगिता : ‘फोटो कथा’ का सर्जकहरूसँग

यो ‘फोटो कथा’ हो ती सर्जकहरूको, जो ‘सन्धान’ को मोबाइल फोटो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो तथा ‘पपुलर च्वाइस’ विधामा विजेता बनेका थिए । ‘सन्धान’ ले स्थानीय तह निर्वाचन २०७९ को विभिन्न प्रक्रियामा महिलाहरूको सहभागितालाई अभिलेखीकरण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा आशिष गुप्ता पहिलो, सुरज कुमार भुजेल दोस्रो र स्मृति वाइ सी […]

महिलावादी आन्दोलनले यौनिक तथा लैङ्गिक समुदायको मुद्दा उठाएको भनेको ‘टोकनिज्म’ मै सीमित छ । –गौरी नेपाली

महिलावाद–संवाद शृङ्खला ४ । महिलावाद–संवाद शृङ्खला किन ? विश्वमा १८औँ शताब्दीमा प्रारम्भ भएको महिलावाद (फेमिनिज्म) को बहस नेपालमा भने व्यक्तिगत तह वा ससानो समूह र विश्वविद्यालयको पाठ्यक्रमसम्म मात्रै सीमित छ। अझ महिलावाद र महिलावादी भन्नेबित्तिकै अहिले पनि आमरूपमा नकारात्मक दृष्टिले नै हेरिन्छ ।

बलात्कारविरुद्ध चौथो राष्ट्रिय अभियान सुरु (फोटो फिचर)

बलात्कारविरुद्धको चौथो राष्ट्रिय अभियान आइतबार सुरु भयो । छ महिनासम्म चल्ने उक्त अभियानको नारा ‘कानुनी तथा सामाजिक न्यायको अधिकार : हिंसारहित समाजको आधार’ रहेको छ । काठमाडौँको नयाँ बानेश्वरमा आइतबार दिउँसो ३ बजे उक्त अभियानको घोषणा गरिएको थियो । प्रदेश र जिल्लाहरूमा पनि सोही समयमा अभियान घोषणा भएको आयोजकहरूले जानकारी दिए । आयोजकमा महिला मानवअधिकार […]

श्रीमान् भए पनि एकल सङ्घर्षरत बिजमाया

कर्णालीमा सङ्घर्षशील एक नाम हो, बिजमाया जैसी । उनी जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी हुन् । उनीसँगै १२ वर्षकी छोरी र १४ वर्षको छोरा छन् । अहिले उनीहरू बस्ने एउटा टहरो छ । त्यो पनि खुला खेतमा । बिजमायाका श्रीमान् आफ्नै दुनियाँमा रमाइरहेका छन् । गाउँका दाजुभाइको सम्पर्कमा छन् तर, उनलाई घरपरिवारको वास्ता छैन । ११ […]

विकेन्द्रीकरण गरे मात्र सम्भव छ, फोहोरमैलाको दिगो व्यवस्थापन –विष्णु थकाली (भिडियोसहित)

विष्णु थकाली फोहोरमैला व्यवस्थापन अभियन्ता हुनुहुन्छ । उहाँले ३२ वर्षदेखि फोहोरमैलालाई व्यवस्थापन गरी आयआर्जन गर्नुपर्छ भनेर काम गरिरहनुभएको छ । उहाँ महिला वातावरण संरक्षण समितिको अध्यक्ष हुनुहुन्छ । यो समितिको गठन २०४६ सालमा भएको हो । समितिलाई तत्कालीन ललितपुर नगरपालिकाको वडा नम्बर १ का १५ जना तालिम प्राप्त महिलाहरू मिलेर गठन गरेका हुन् । उनीहरूले […]

‘सन्धान मोबाइल फोटो प्रतियोगिता’ को नतिजा

आशिष गुप्ता, सुरजकुमार भुजेल र स्मृति वाई सी विजयी ‘स्थानीय तहको निर्वाचन २०७९ मा महिला सहभागिता सम्बन्धी फोटो प्रतियोगिता’ को नतिजा सार्वजनिक भएको छ ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूद्वारा ‘प्राइड परेड’ नेपाल गौरव यात्रा (फोटो फिचर/भिडियाे)

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको संस्था क्वेयर युथ ग्रुपले शनिबार काठमाडौँमा प्राइड परेड नेपाल गौरव यात्रा आयोजना गरेको छ । युथ ग्रुपले नेपाल सीमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरुको चौथो नेपाल गौरव यात्रा आयोजना गरेको हो । माइतीघर मण्डलबाट शुरू भएको गौरव यात्रा नयाँ बानेश्वर पुगेको थियो । यात्रामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको […]