इन्द्रमायाको सयवर्षे अनुभव : विश्वयुद्धमा सुत्केरी अवस्थामै खाडल खनेर बच्चासँगै लुकेँ (भिडियो कुराकानी)

ललितपुरको नख्खुस्थित घरको दोस्रो तला । कोठाका झ्यालबाट बिहान उदाएदेखि बेलुकी अस्ताएसम्मकै घाम ओछ्यानमा लागिरहन्छ । सुत्ने खाटको भित्तापट्टि ५/६ वटा बट्टा । तीमध्ये कुनैमा ल्वाङ, कुनैमा सुकुमेल छन् भने कुनैमा दालचिनी र पानमसला राखिएका छन् । सिरानीको छेउमै सानो घण्टी छ । केही परेर कसैलाई बोलाउनुपर्यो भने चाहिन्छ भनेर राखिएको घण्टी हो त्यो । […]
न्यायका लागि माइतीघरमा धर्ना जारी (भिडियो सहित)

बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंमा धर्ना जारी छ । कुर्मीको अपहरण र शरीर बन्धकपछि हत्या भएको थियो । त्यसको विरोधमा आन्दोलनरत अधिकारकर्मीहरूले काठमाडौँमा फेरि धर्ना सुरू गरेका छन् । महिला अधिकार मञ्च बाँकेकी अध्यक्ष तथा अभियन्ता रुबी खान नेतृत्वको टोली अहिले माइतीघर मण्डलमा धर्ना बसेको छ ।
नीति तथा कार्यक्रमहरूलाई महिलाको आँखाले हेर्नेछु – रेखा शर्मा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेता रेखा शर्मा २०७९ सालको संसदीय निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको छ । २०२६ असोज ९ गते जन्मेकी शर्माले २०४२ सालमा राजनीति सुरु गर्नुभएको हो । उहाँ २०७० सालमा गठन भएको संविधान सभाको सदस्य हुनुभयो । २०७२ कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासन मन्त्री […]
‘स्नेहलता : जीवनकथाका पानाहरू’ मा इतिहासको दस्तावेजीकरण (भिडियो अन्तर्वार्ता)

– स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठ र शान्ताकुमारी बस्याल नेपालको राजनीतिक, सामाजिक तथा महिला आन्दोलनकी अग्रणीमध्येकी एक व्यक्तित्व हुनुहुन्छ, स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठ । उहाँले राजनीतिक परिवर्तन र महिला आन्दोलनको क्षेत्रमा योगदान गर्नुभएको छ । यो कुरा ‘स्नेहलता : जीवनकथाका पानाहरू’ नामक पुस्तकमा लिपिबद्ध पनि छ ।
जलन घटना : ‘भान्सामै जल्छन् धेरै महिला’ – प्रा.डा. शङ्करमान राई (अन्तरवार्ता)

नेपालमा बर्सेनी ५० देखि ६० हजार जलनका घटना हुनेको गरेको तथ्याङ्कले देखाएको छ । ती घटनामा आधाभन्दा बढी महिला र बालबालिका पर्ने गरेका छन् । जलनका घटना अधिकांश आफ्नै घरको भान्सामा हुने गरेका छन् । महिलाहरू भान्साको कामकै क्रममा जल्ने गरेको घटना धेरै देखिन्छ ।
आफ्नो हिंसा लुकाएर अरूलाई सहयोग गर्छौँ – श्याम साह (भिडियो सहित)

आफ्नो अधिकारका साथै अरू महिलाहरूको अधिकारका लागि काम गर्ने र बोल्ने महिलाहरूको संस्था हो, ‘महिला मानवअधिकार रक्षक सञ्जाल’ । यसको राष्ट्रिय सन्जालका साथै सबै जिल्लाहरूमा महिला मानवअधिकार जिल्ला सञ्जालहरू छन् । महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालका अध्यक्ष हुनुहुन्छ, श्याम साह ।
लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान शुरु (भिडियाे/फोटो फिचर)

लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अन्तर्राष्ट्रिय अभियान आज सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा यो अभियान विविध कार्यक्रमहरू आयोजना गरी मनाउने गरिन्छ । अभियानको अवसरमा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा बिहान प्रभातफेरि आयोजना गरिएको थियो । अभियानका लागि मन्त्रालयले ‘सभ्य […]
‘महाभारतको जङ्गलमा बसेर रेडियोमा बोल्थ्यौँ’ – संगीता खड्का

‘ऐतिहासिक फोटो कथा शृङ्खला’ हामीले ‘सन्धान’ वेबपोर्टलमा ‘ऐतिहासिक फोटो कथा’ शृङ्खला प्रस्तुत गर्ने गरिरहेका छौँ। यो शृङ्खलाको उद्देश्य सामाजिक तथा राजनीतिक परिवर्तनका लागि विगतमा महिलाहरूले गरेका प्रयास, आन्दोलन र उनीहरूको योगदानलाई सन्धान वेब पोर्टलमार्फत पुनः स्मरण गराउनु हो ।
इन्द्रजात्राको अन्तिम दिनमा महिलाले यसरी ताने रथ (फोटोफिचर)

काठमाडौंमा सप्ताहव्यापी रुपमा मनाइने इन्द्रजात्रा महिलाले रथयात्रा गरेका छन् । इन्द्रोत्सवको आठौँ तथा अन्तिम दिन हिजो (बुधबार) महिलाहरुकै नेतृत्व र सहभागितामा रथ तान्ने (नानीचा याः) मनाइएको हो । रथयात्रामा कुमारीको रथ तान्नका लागि तीन सय जना, भैरव र गणेश रथयात्राका लागि एक एकसय गरी जम्मा पाँचसय महिलाहरुले रथयात्रा निकालेको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ । […]