अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ

खगेन्द्र नवजीवन केन्द्रका निमित्त कार्यकारी निर्देशक सूर्यकुमारी गुरुङ काठमाडौँ महानगरपालिका वडा नम्बर ४ चण्डोलमा बस्नुहुन्छ । २०२४ सालमा नुवाकोटमा जन्मिनुभएकी उहाँको गोडामा एकाएक घाउ निस्कियो । समयमै राम्रो उपचार पाउनुभएन । २०३१ सालमा सात वर्षको उमेरमा उहाँको गोडा नै काट्न पर्याे। आफूले बाल्यकालदेखि नै शारीरिक अपाङ्गताको अवस्थालाई भोग्न परेका कारण उहाँले ठुलो भएपछि अपाङ्गता भएका […]
कमलरी प्रथा : मुक्तिको इतिहास र वर्तमान

छोरीको अटिजम पहिचानपछि नयाँ जीवन सुरु भयो

अप्रिल : विश्व अटिजम सचेतना महिना काठमाडौँको सम्पन्न परिवारमा जन्मेहुर्केकी एलिना बज्राचार्यलाई जीवन सरल र सहज लाग्थ्यो । आफूले रोजेको जीवनसाथी, सोचे जस्तो जागिर, सन्तानका रूपमा एक छोरा र एक छोरी ! छोरीमा देखिएको अटिजमले भने सहजतापूर्वक हिँडिरहेको एलिनाको जीवनको सरल बाटो एक्कासि जटिलतातिर मोडियो । छोरीको अटिजम पहिचानपछि एलिनाको नयाँ जीवन सुरु भयो । […]
पशुपति मन्दिर प्रवेशको आन्दोलनमा जाँदा पक्रेर दिनभरि गाडीमै राख्यो (भिडियो सहित)

मिठाईदेबी विश्वकर्मा १०/११ वर्षकी हुँदा राजबन्दीहरूलाई जेलमा भेटेर चिठी आदानप्रदान गर्नुहुन्थ्यो । २००४ सालतिर टंकप्रसाद आचार्य, रामहरि शर्मा, चूडानाथ शर्मा, गणेशमान सिंहलगायत राजबन्दीको रूपमा जेलमा हुुनुहुन्थ्यो । उहाँहरूलाई जेलबाहिरबाट चिठी पुर्याउने र उहाँहरूको खबर जेलबाहिर ल्याउने काम मिठाईदेबीलाई लगाइन्थ्यो । त्यो काम कसैका लागि पनि सजिलो थिएन । त्यसमाथि जोखिमपूर्ण थियो । यसैले सावधानी जरुरी […]
महिला विकास र लैङ्गिक समानताको अविस्मरणीय यात्रा

सरकारी सेवाका अमूल्य ३० वर्ष सरकारी सेवाको आज ३० वर्ष पूरा हुँदासम्म जीवन जिउन जागिर खाएको कहिल्यै सोचिनँ । हरेक क्षण मानवको सेवा गर्न गजबको अवसर पाएको छु भन्ने ठानेँ । बुद्धि विवेकले भ्याए जति गरेँ । इमान्दार हुने प्रयास गरिरहेँ । आफूले हात हालेर काम गरेको क्षेत्रका महिला र समाजलाई उत्साहित र चलायमान बनाएर […]
आँखै अगाडि बुबा एक्कासि ढल्नुभयो – शशिन्द्र महर्जन (सहिद लनबहादुरको छोरा) (भिडियो सहित)

शशिन्द्र महर्जन २०४६ सालको जनआन्दोलनमा सहभागी किशोर र सहिद पिताका पुत्र हुनुुहुन्छ । पञ्चायती शासन व्यवस्थाको विरुद्ध भएको सो आन्दोलनको लहरले अन्यत्र जस्तै काठमाडौँको कीर्तिपुरलाई पनि तरङ्गित बनाइसकेको थियो । चैतमा त्यहाँ ठुलो आन्दोलन भयो । चैत २० गते कीर्तिपुरवासीसँग प्रहरीको झडप भयो र गोली चल्यो । गोली लागेर चार जना सहिद भए । सहिदहरूमा […]
अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)

पञ्चायती शासन व्यवस्थाको अन्त्य र प्रजातन्त्र प्राप्तिका लागि २०४६ सालमा देशव्यापी जनआन्दोलन भयो । जनआन्दोलन सफल भएर देशमा बहुदल स्थापना भएको अहिले ३३ वर्ष पुगेको छ । त्यो आन्दोलनको बारेमा खोजी पस्दा देशभरिबाट सबै वर्ग, क्षेत्र, समुदाय, लिङ्ग र विशेष खालको क्षमता भएका नागरिक सहभागी भएको बुझिन्छ । सहभागीहरूमध्ये एक हुनुहुन्छ, कुमार थापा । पूर्णदृष्टिविहीन […]
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी

म २०२९ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेँ । मेरो राजनीतिक पृष्ठभूमि नेपाली कांगे्रस हो । २०४६ सालको जनआन्दोलनको कुरा गर्नुपर्दा, म सुरूदेखि नै सहभागी भएँ । जनकपुरमा त्यसबेला धेरै महिलाहरू बाहिर निस्किँदैनथे । तर म भने मन, तन र धनले सहभागी भएको थिएँ । घरमा साना बच्चाहरू थिए । उनीहरूलाई घरमा छोडेर आन्दोलनमा जान्थेँ […]
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई

म स्कुल पढ्दै गर्दा २०३५/३६ सालमा विद्यार्थी आन्दोलनमा लागेँ । विद्यार्थी हुँदै अखिल नेपाल महिला संघमा पनि सङ्गठित भएँ । २०३७ सालदेखि अखिल नेपाल महिला संघमा अर्धभूमिगत भएर काम गरेँ । मैले प्रगतिशील लेखक तथा कलाकार भएर पनि काम गरेँ । मैले भोजपुर जिल्लाबाटै राजनीति सुरु गरेको हो । राजनीति सुरु गर्दा पञ्चायतकाल थियो ।