के छ त महिला, सीमान्तकृत र अल्पसङ्ख्यकका लागि ?

आर्थिक वर्ष २०८०/८१ को बजेट नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि रु. १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत बजेटमा समावेश गरिएका महिला, बालबालिका, सीमान्तकृत वर्ग र अल्पसङ्ख्यक समुदाय तथा सामाजिक न्यायसँग सम्बन्धित बुँदाहरूलाई ‘सन्धान’ ले अभिलेखीकरण गर्ने उद्देश्यका साथ सामान्य […]

कमाउने र जागिर खाने ठाउँ होइन राजनीति – मीना पाण्डे

मीना पाण्डेले झन्डै पाँच दशक राजनीतिमा बिताउनुभयो । २००९ साल बैशाख २९ गते रामेछापको बेथान गाउँ विकास समिति वडा नम्बर २ मा खड्का परिवारमा जन्मेकी मीना किसान परिवारकी छोरी हुनुहुन्थ्यो । बाबुआमा अशिक्षित भए पनि शिक्षाप्रति सकारात्मक सोच राख्नुहुन्थ्यो । छोराछोरी दुवैलाई पढाउनुपर्छ भन्ने भावना थियो । तर पनि पहाडबासी किसान परिवार भएकाले छोरीका लागि […]

जनआन्दोलनका सपना अधुरै रहेपछि

२०४६ सालको जनआन्दोलनताका म तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी (नेकपा माले) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (पाँचौँ) मा आबद्ध थिएँ । आबद्ध सङ्गठनको म सक्रिय कार्यकर्ता पनि थिएँ । त्यो जनआन्दोलन नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको संयुक्त आह्वान र आयोजनामा भएको थियो । नेकपा माले बाममोर्चाको महत्त्वपूर्ण घटक थियो । आफू आबद्ध पार्टीसमेतको आयोजनामा भएको […]

घरमै महिला हिंसाको चट्याङ, सदरमुकाममा झिल्का

घरभित्रको हिंसाले जुम्लाका गाउँमा महिला र बालबालिकालाई घरै छाड्न विवश पारेको छ । नाबालिग सन्तानसहित अर्काको घरमा आश्रय लिँदै न्याय खोजिरहेका केही महिलाहरू सदरमुकाम खलङ्गामा भेटिन्छन् । उनीहरू निकालिएको घर खोज्दै गाउँ पस्दा थाहा हुन्छ, जुम्लाका गाउँमा अहिले पनि हिंसामुक्त घर भेट्टाउन गाह्रो छ । त्यसो त डेढ दशकयता देशमा व्यवस्था फेरिएर राजधानीदेखि गाउँका सबै […]

पितृसत्ता के हो ?

पितृसत्ता पुरुषलाई प्रधान वा उच्च र महिलालाई सहायक वा नीच मान्ने सोचबाट निर्देशित शासनसत्ता हो । पितृसत्ताले पुरुषलाई प्रमुख, मूली वा प्रभुत्वशाली स्थानमा राख्छ भने महिलालाई पुरुषको मातहत वा पुरुषआश्रित ठान्छ । पितृसत्तामा वंश बाबुमा निहित हुन्छ र सन्तानको नागरिकता बनाउनसमेत बाबु नै चाहिन्छ । नेतृत्व भन्नेबित्तिकै पुरुष नै हो भन्ने सोच आउँछ । हरेक […]

तराई मधेसमा महिलाका मुद्दा : विगत र वर्तमान

तराई मधेसमा विशेषतः महिलाकै हक, अधिकार र पहिचानका मुद्दालाई लिएर महिलाले अलग्गै आन्दोलन गरेनन् । देशमा, खासगरी मधेसमा २०४६, २०६२/६३ तथा २०७२ सालमा भएका आन्दोलनमा महिलाहरू सहभागी भए र आफ्ना मुद्दाहरूलाई उठान गरे । ती मुद्दाहरू सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक तथा सांस्कृतिक पक्षसँग जोडिएको देखिन्छ । २०७२ असोज ३ गते जारी भएको संविधानमा ती मुद्दाहरूमध्ये […]

जनआन्दोलनमा म, श्रीमान् र छोरा जेल परेका थियौँ (भिडियो सहित) – यज्ञकुमारी सिटौला

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ बिर्ताबजार निवासी यज्ञकुमारी सिटौला नेपाली कांग्रेसको पुरानो राजनीतिज्ञ हुनुहुन्छ । ८२ वर्षीया सिटौला अहिले पनि देशको राजनीति र राजनीतिक अवस्थाबारे उत्तिकै चासो र चिन्ता गर्नुहुन्छ ।

गोली लागेका श्रीमान्‌काे शव पनि हेर्न दिइएन (भिडियो सहित)

– शरण महर्जन (सहिद लनबहादुरकी श्रीमती) जनआन्दोलन २०४६ अन्तर्गत चैत २० गते कीर्तिपुर तनावग्रस्त भयो । स्थानीय चार युवालाई प्रहरीले गिरफ्तार गरेपछि उनीहरूको रिहाइको माग गर्दै स्थानीय बासिन्दाले प्रहरी चौकी घेराउ गरे । त्यसपछि आन्दोलन सुरु भएको थियो ।आफन्त/छिमेकी पक्राउ परेको विरोधमा हरेक घरबाट स्थानीय मानिसहरू निस्किएपछि कीर्तिपुरको कुटुझोल क्षेत्र तनावग्रस्त बनेको थियो । आन्दोलनलाई […]

गिडिदह भ्रमण : महिलाविरुद्धको अन्धविश्वास तोड्ने प्रयास

जुम्ला जिल्लाको तातोपानी गाउँपालिकास्थित गिडिखोलाको पूर्वमा रहेको मनोरम प्राकृतिक तालको नाम हो, गिडिदह । २०४९ सालमा हराएको घोडा खोज्न जाँदा त्यो दह पत्ता लागेको भन्ने भनाइ चलनचल्तीमा छ । पत्ता लागेको भनिएको ३० वर्षसम्म यस दहमा महिला जान हुँदैन भन्ने अन्धविश्वास हावी भयो । यसैले बाहिरबाट त्यहाँ कोही पनि महिला पुगेनन् । पुग्न पाएनन् । […]