आदिवासी जनजातिमा महिलाकै निर्णय बढी चल्छ – शोभा सुनुवार

शोभा सुनुवार आदिवासी जनजाति महिलाहरूको हकअधिकारका लागि दुई दशकभन्दा अघिदेखि काम गर्दै आउनुभएको छ । उहाँ अहिले राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको केन्द्रीय महासचिवका साथै २०५६ सालमा स्थापित सुनुवार सेवा महिला समाजको अध्यक्ष हुनुहुन्छ । सुनुवार सेवा समाज सङ्घीय समितिको उपाध्यक्षसमेत रहेकी उहाँ आदिवासी जनजाति, त्यसमा पनि सुनुवार जातिको अस्तित्व, पहिचान र अधिकारका लागि क्रियाशील […]
झापा विद्रोहमा लागेका महिला : जानकारी नै अब कहाँ पाइएला र ? (भिडियो सहित) – राधाकृष्ण मैनाली

द स्टोरी किचेनले २०२१ मार्च ८ मा अनलाइन पत्रकारिता प्लेटफर्म ‘सन्धान’ सुरु गर्यो। मुलुकमा विभिन्न कालखण्डमा भएका आर्थिक गतिविधि, सामाजिक र राजनीतिक आन्दोलनहरूमा महिलाहरूको सहभागिता, नेतृत्व र योगदान के, कस्तो र कसरी भएको रहेछ भनेर सन्धानमार्फत खोजी पनि गरिरहेका छौँ । यस क्रममा विशेष गरी ‘सन्धान फेलोसिप’ अन्तर्गत अनुसन्धानवृत्ति प्राप्त गरी विभिन्न फेलो पत्रकार/लेखकहरूले विभिन्न […]
आदिवासीका अधिकारबारे युवालाई बुझाउन जरुरी (भिडियो सहित) – ङिमी शेर्पा

ङिमी शेर्पा राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ) को अध्यक्ष हुनुहुन्छ । अध्यक्ष हुनुअघि उहाँ शेर्पा महिला सङ्घको नेतृत्वकर्ताको रूपमा महासङ्घमा आबद्ध हुनुहुन्थ्यो । निफको स्थापना २०५५ साल वैशाख २ गते भएको थियो । ङिमीका अनुसार, यशोकान्ति भट्टचन (गौचन), स्टेला तामाङ, हेमा पुन, मीरा घले गुरुङ र चुन्दा बज्राचार्यको उपस्थितिमा लेखिएको पहिलो माइन्युट अनुसार आदिवासी […]
सांसद हुँदा पनि दलित महसुस गरायो समाजले (भिडियो सहित) – चमेली देवी दास

मधेस प्रदेशको पूर्व सांसद हुनुहुन्छ, चमेली देवी दास । उहाँ जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत २०७४ देखि २०७९ सालसम्म सांसद हुनुभयो । धनुषाको आफ्नै गाउँ लक्ष्मीपुरमा दलित समुदायको अधिकारको कुरा उठाउँदै समुदायमा क्रियाशील चमेली २०६३ सालको मधेस आन्दोलनमा सहभागी हुनुभयो । त्यहीँबाट आफ्नो राजनीति सुरु भएको उहाँ बताउनुहुन्छ ।
तोड्नै पर्ने श्रीमान्काे ज्यादती र माइतीको मौनता

दानसरा रावत २०८० वैशाख १९ गते घरबाट हराउनुभयो । त्यसको ११ दिनपछि तिला नदीमा उहाँको शव भेटियो । जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर ६ पछाइबाडाकी २३ वर्षीया उहाँको मृत्यु रहस्यमय भएको भन्दै छानबिनका लागि आफन्तको तर्फबाट किटानी जाहेरी दिन खोजियो । स्थानीय सरकारको सुरक्षा अङ्गका रूपमा रहेको जिल्ला प्रहरी कार्यालयको प्रहरीले भने जाहेरी लिनै […]
झापा आन्दोलनमा महिला सहभागिता, नेतृत्व र योगदान

“हामीले संगठनको पकड धेरै बलियो बनाएर, पहिले नै हतियार जम्मा पारेर, सैन्य तालिम लिएर वा दिएर झापा विद्रोह सुरु गरेका थिएनौं । आक्रमणअघि स्क्वायडलाई कहीँकतै सैन्य तालिम दिइएको थिएन । विद्रोह सुरु गर्दा हाम्रो सांगठनिक आधार पनि त्यति बलियो थिएन । एक सय पचासको हाराहारीमा युवाहरू संगठित थियौं । रात–बिहान सघाउने किसानहरूसहित कार्यकर्ताहरूको संख्या तीन […]
मादलकै भरमा कल्मी परिवार

वादी समुदायको पुर्ख्यौली पेसा मादल बनाउने र माछा मार्ने हो । त्यो काम पनि पुरुषहरूले बढी गर्ने गर्थे । पछिल्ला वर्षहरूमा पेसाको दायरा फराकिलो हुँदै गएको छ । मादल बनाउने काम पातलिँदै गएको छ । वादी समुदायका मानिसहरू अन्य व्यवसाय तथा जागिरमा लाग्न थालेका छन् । केहीले विदेश गएर पनि जीविकोपार्जन गर्ने गरेको वादी अगुवाहरूको […]
मेचेहरूमा अहिले धेरै परिवर्तन आएको छ (भिडियो सहित)

– आङश्री मेचे झापाको मेचीनगरस्थित चारआलीमा २०२२ सालमा आङश्री मेचेको जन्म भयो । त्यसको चार वर्षमा उहाँको आमा बित्नुभयो । उहाँको बुबाले अर्को बिहे गर्नुभयो । उहाँको बाल्यकाल भाइहरूको हेरचाह गर्दै बित्यो । १४ वर्षमा त बिहे नै भयो ।
सोचमा परिवर्तनसँगै मानवीय विकास जरुरी – सावित्रा घिमिरे

सावित्रा घिमिरे, कैलालीमा रहेको दलित महिला अधिकार मञ्चकी अध्यक्ष हुनुहुन्छ । उहाँले विभिन्न सङ्घसंस्था तथा सञ्जालहरूमा बसेर पनि काम गरिसक्नुभएको छ । उहाँले सानैमा जातीय विभेदको नमिठो अनुभव भोग्नुभएको थियो । त्यसले उहाँको मनमा असमानता र जातीय विभेदविरुद्ध काम गर्नुपर्छ भन्ने भाव सानैमा जगायो । भाव जगायो मात्र होइन, उहाँ दलित समुदायका साथै त्यसभित्र पनि […]