आफ्नो भाषा सिक्न उत्साहित छन् मेचे बालबालिका (भिडियो सहित) –सुनिता मेचे

मेचे जातिको बाहुल्य रहेको झापाको हल्दीबारीमा चार वर्षदेखि मेचे भाषाको पढाइ हुँदै आइरहेको छ । यहाँ मेचे समुदायको जनसङ्ख्या तीन हजारको हाराहारीमा छ । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ को ऐनाबारीस्थित दीपेन्द्र प्राथमिक विद्यालयमा मेचे भाषाको अध्ययन अध्यापन हुने गरेको छ । भाषा पढाउने शिक्षक हुनुहुन्छ, सुनिता मेचे ।
कहिलेसम्म यसरी बाटोमै सुत्केरी हुनुपर्ने होला ? – सिर्जना सार्की, अनमी

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ की उज्जली सुनारले यही सोमबार (भदौ ११ गते ) बिहान बाटोमै बच्चा जन्माउनुभयो । सामाजिक सञ्जाल खासगरी फेसबुक र ट्वीटरमा उहाँका तस्बिरहरूसहित विभिन्न स्टाटसहरू आउन र फैलिन थाले । केही सञ्चार माध्यममा समाचार पनि आए । सार्वजनिक भएको तस्बिरमा एक जना स्वास्थ्यकर्मीको पनि उपस्थिति देखिन्छ । उहाँ को […]
स्वास्थ्य स्वयंसेविकाहरू चरम बेवास्तामा –भगवती राजभण्डारी

स्वास्थ्य स्वयंसेविका भएर २२ वर्ष सेवा गरेकी भगवती राजभण्डारी अहिले नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर १ की जनप्रतिनिधि हुनुहुन्छ । स्वास्थ्य स्वयंसेविकाबाट २०७८ सालमा अवकाश पाएपछि उहाँले २०७९ वैशाखमा स्थानीय तहको चुनाव लड्नुभयो र वडा सदस्य निर्वाचित हुनुभयो । ६३ वर्षीया उहाँ अहिले पालिका स्तरको जनप्रतिनिधिको भूमिकामा क्रियाशील हुनुहुन्छ । उहाँको विचारमा महिलाले स्वास्थ्य […]
छोराको बिहेमा जन्ती गएँ, बुहारी लिएर फर्कें -जयन्ता पोखरेल

हाम्रो समाजमा छोराको बिहेमा आमा जन्ती जान हुँदैन भन्ने चलन छ । छोराको बिहेमा आमा गए ‘अशुभ’ हुन्छ भन्ने चलन हराएको छैन । तर, भदौ १ गते (अगस्त १८) जयन्ता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा दुईटा तस्बिरसँगै स्टाटसमा लेख्नुभयो, “दङ्ग परेकी रछु म त, कान्छा छोराको बिहेमा जन्ती जाँदा । बिहे घरको कामलाई राम्रो व्यवस्थापन गरेर […]
बर्माबाट आएर नेपालमा बिताएका सङ्घर्षपूर्ण दिनहरू –इन्द्रमाया पौडेल

बर्माबाट लामो र कठिन यात्रा पार गरी हामी २०२६ सालमा मोरङको कल्याणपुर गाउँमा आइपुग्यौँ । मेरा छोराछोरीसहित हामी आठ जना र पिताजीका तीन जना (पिताजीको अर्की श्रीमती र उहाँका दुई सन्तान) समेत हामी ११ जना थियौँ । केही सिप सिकेको थिएन, खेतीकिसानीको काम केही जानेको थिएन । केन्द्रबहादुर नामका व्यक्तिको एउटा रित्तो घर रहेछ, त्यही […]
खेलाडी महिलामाथि सबैतिरबाट विभेद (भिडियो सहित) – विमला पौडेल

ताप्लेजुङमा जन्मिएकी विमला सङ्ग्रौला पौडेल पढाइको सिलसिलामा झापा झर्नुभयो । उहाँको स्कुले जीवन झापामै बित्यो । खेलमा औधी रुचि राख्ने विमलाले त्यो बेला प्रचलित वीरेन्द्र शिल्ड (जिल्लास्तरीय) प्रतियोगितामा स्कुलबाट सहभागी भएर थुप्रै ट्रफी र प्रमाणपत्रहरू प्राप्त गर्नुभयो । सुरुसुरुमा भलिबल र दौड प्रतियोगितामा भाग लिएकी उहाँले २०४१/४२ सालमा फुटबल पनि खेल्न थाल्नुभयो । २०४३ सालमा […]
डर र कहरको जहर पिउँदै घरमै सुत्केरी

सुरक्षित प्रसूतिका लागि भन्दै नेपाल सरकारले देशभर स्वास्थ्य केन्द्र र चौकीहरूमा बर्थिङ सेन्टरहरू सञ्चालनमा ल्याएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन भत्ताको समेत व्यवस्था छ । घरमै सुत्केरी हुने चलनलाई शून्यमा झार्ने सरकारको नीति भए पनि जुम्ला जिल्लाका विकट ग्रामीण भेगका महिला घरमै जोखिम मोलेर सुत्केरी हुनुपर्ने अवस्थामा छन् । यसैले आमा […]
सामुदायिक वनमा महिलाको नेतृत्व उदाहरणीय छ (भिडियो सहित) – अप्सरा चापागाईं

नेपालमा २०४६ सालको जनआन्दोलन सफल भइसकेपछि सामुदायिक वनसम्बन्धी बहसले पनि व्यापकता पाउन थाल्यो । सरकारले २० वर्षका लागि ‘वन विकास गुरुयोजना २०४६’ लागु गरेको पृष्ठभूमि थियो । गुरुयोजना आएपछि समूहमा वन हस्तान्तरण गर्नुपर्छ भन्ने नीतिगत व्यवस्था पनि भयो । २०४९ सालको वन ऐनमा सामुदायिक वन हस्तान्तरण गर्ने प्रावधान राखियो । हुन त यो ऐन आउनुअघि […]
जो बलात्कृत उही विस्थापित : न त न्याय न क्षतिपूर्ति

घरपरिवारका सदस्य, चिनजानका व्यक्ति, आफन्त एवं छरछिमेकीबाट अबोध बालिका बलात्कारमा पर्ने गरेका घटना बढ्दै छन् । आर्थिक वर्ष २०७८/७९ मा बालयौन दुरुपयोग/दुर्व्यवहारका ३१४ मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्याङ्कले नै देखाउँछ । उनीहरू आफ्नै बाबु, हजुरबा, काका, दाजु र नातेदारबाट समेत यौनहिंसामा परेका छन् । अभिभावकले बालिकालाई घरमै छोडी खेतबारीमा काम गर्न जाँदा, खेल्न पठाउँदा, […]