डोइलाको सेरोफेरोमा जुम्लाको मनोसामाजिक अवस्था

जुम्लालगायत कर्णालीका गाउँघर र समाजमा श्रीमान्काे यातना र हिंसा सहन नसकेर मानसिक सन्तुलन गुमाउन पुगेका महिलाको अवस्था भयावह छ । उनीहरूमध्ये केहीका साथमा नाबालक छोरीहरू पनि हुन्छन् । कतिपयका छोरालाई परिवारले साथ दिएका हुन्छन् । तिनैका छोरी सन्तानहरू भने सडकमा भौँतारिँदै गरेकी आमासँगै अलपत्र पर्नुपर्ने अवस्था छ ।
खाना पकाउने तालिम लिएपछि थप आत्मनिर्भर भयौँ- दृष्टिविहीन महिलाहरू (भिडियाे सहित)

धादिङको संगीता घले १२ वर्षको उमेरसम्म आँखा देख्नुहुन्थ्यो । कक्षा ५ सम्म सामान्य तरिकाले पढ्नु पनि भयो । सानैदेखि उहाँको एउटा आँखा भने कमजोर रहेछ । उहाँका अनुसार, एउटा आँखाले धमिलो देखिन्थ्यो, पछि त अर्को आँखामा पनि मोतिविन्दु भयो । डाक्टरको सल्लाहमा उहाँले मोतिविन्दु भएको आँखाको शल्यक्रिया (अप्रेसन) गराउनुभयो । उहाँ भन्नुहुन्छ, “डाक्टरले अप्रेसन गरेपछि […]
बदलिँदै माझी महिलाको दैनिकी – विन्दा माझी

माझी जाति नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये एक हो । यो जाति ‘अति सीमान्तकृत’ समुदायमा पर्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार माझीहरूको जनसङ्ख्या एक लाख एक हजार ३५२ रहेको छ । माझी समुदायका मानिसको बसोबास नदीको छेउछाउमा रहेको पाइन्छ । उनीहरूको बसोबास खासगरी सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, तेह्रथुम, झापा, मोरङ, सुनसरी, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, […]
कोरोनाको फरक कथा

विवाह भएको तीन वर्ष बितिसकेको थियो । छिमेकीले पनि चियोचर्चो गर्न थालिसकेका थिए । ‘जोईपोइको मेल पो छैन कि !’ भन्ने संशय छरछिमेकमा व्याप्त थियो ।
महिला, शान्ति र सुरक्षा तथा विकास प्रक्रियासँग जाेडिएकाे छ कार्ययाेजना

सन्दर्भ : अन्तर्राष्ट्रिय शान्ति दिवस (सेप्टेम्बर २१) नेपाल सरकारले द्वन्द्वपीडित तथा प्रभावित महिलाको मुद्दालाई समेट्ने गरी महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । गृह मन्त्रालयका अनुसार, यो कार्ययोजना राष्ट्रसंघीय सुरक्षा परिषद्काे प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी प्रावधानमा आधारित छ […]
हिमाल र महिनावारी दुवै प्राकृतिक कुरा हुन् – संगीता रोकाया

बझाङको साइपाल गाउँपालिका वडा नम्बर ४ धुली भन्ने ठाउँमा जन्मिएकी संगीता २०८० साल जेठ ३ गते दिउँसो सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभयो । २४ वर्षीया उहाँ सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी पनि बन्नुभएको छ । एक महिनाअघि काठमाडौँको पुरानो बानेश्वरस्थित एक होटेलमा उहाँसँग कुराकानी गर्ने अवसर मिल्यो । डेढ घण्टाको औपचारिक र अनौपचारिक कुराकानीमा उहाँले […]
छोराको बिहेमा जन्त गएका आमाहरू

नेपालका केही समुदायमा आमाले छोराको बिहेमा जन्त जानैपर्ने चलन छ । यस्तो भए पनि नेपालकै अधिकांश समुदायका आमाहरूलाई ‘चलन नभएको’ मान्यताले छोराको बिहेमा जन्त जानबाट रोकेको पाइन्छ । त्यस्तो मान्यताको पछाडि चित्तबुझ्दो कुनै आधार भने भेटिएको छैन । यसैले केही आमाहरू रोकटोकको मान्यतालाई चुनौती दिँदै पारिवारिक समझदारी र तारतम्य मिलाएर छोराको बिहेमा जन्त जान थाले […]
दलित महिलामा क्षमता हुँदैन भन्ने गलत मानसिकता –संगीता अछामी

संगीता अछामी ललितपुर महानगरपालिका वडा नम्बर १४ को वडा सदस्य हुनुहुन्छ । संगीताको आमाबुबा पनि राजनीतिज्ञ हुनुहुन्छ । राजनीतिक पृष्ठभूमि भएको परिवारमा जन्मिएकी छोरी भएकाले उहाँ केही फरक चेतसहितको वातावरणमा हुर्कनुभयो । त्यतिबेला पनि समानताका लागि सामाजिक मनोविज्ञानमा सकारात्मक परिवर्तन जरुरी ठानिएको थियो । यसका लागि उहाँका आमाबुबा कटिबद्ध हुनुहुन्थ्यो । उहाँले आमाबुबालाई कम्युनिस्ट राजनीतिमा […]
बलियो साझेदारी र समझदारीको खोजीमा छ मातृत्व

दुई छोरीकी आमाको हैसियतमा, म मातृत्वको विद्यमान प्रतिबन्धात्मक संरचनालाई चुनौती दिने सोच राख्छु । परम्परागत मान्यताले बाँधिएको परिवेशभित्र मैले निर्वाह गरेको मातृत्वको माध्यमबाट मेरो यात्राले मलाई फरक सोचमा उभ्याएको छ । यो सोच मातृत्वको अवधारणासँग सम्बन्धित छ । यसलाई समतामूलक सामाजिक संरचनाबाट पुनः परिभाषित गरी छोरी पुस्ताका अगाडि उदाहरण कायम गर्न पनि चाहन्छु । म […]