शिक्षण पेसामा महिला : विभेदको विश्वव्यापी प्रवृत्ति

–राजकुमार बराल विश्वमा, विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षण पेसामा पुरुषको तुलनामा महिलाको सङ्ख्या धेरै छ र त्यो सङ्ख्या द्रुत गतिमा बढ्दो छ । नेपालमा भने विद्यालय र विश्वविद्यालय तहमा महिला शिक्षकको सहभागिता कम छ । यस सन्दर्भमा शिक्षण पेसामा महिला सहभागिताको सवालमा गहन नीतिगत विमर्श जरूरी देखिएको छ ।

‘हरेक महिलाले पहिला आफ्नो बारेमा साेच्न सके आफ्ना सपना र सिर्जनशीलता हराउन पाउँदैन’ -लक्ष्मी आचार्य, दाङ

दाङमा बसेर पत्रकारिता र सामाजिक अभियानमा दुई दशकभन्दा बढीदेखि क्रियाशील हुनुहुन्छ, लक्ष्मी आचार्य । पारिवारिक जिम्मेवारी सँगसँगै सामाजिक तथा पेशागत जिम्मेवारीमा खट्ने महिलाहरूले एकसाथ निर्वाह गर्दै आए जस्तै उहाँले पनि दोहोरो/तेहेरो जिम्मेवारी सम्हाल्दै पत्रकारिता तथा सामाजिक अभियानमा क्रियाशील हुनुहुन्छ । प्रस्तुत छ, सन्धानका तर्फबाट लक्ष्मी बस्नेतले गर्नुभएकाे संवादमा आधारित आचार्यकाे जीवन भोगाइ र कामको अनुभव […]

घोषणापत्रमा महिला, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायका सवाल

‘स्थानीय तह निर्वाचन २०७९ विशेष’ यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन २०७९ हुँदैछ । देश संघीय संरचनामा गइसकेपछि अधिकार सम्पन्न बनेको स्थानीय तहको यो दोस्रो निर्वाचन हो । नेपालको संविधान २०७२ मा नै स्थानीय सरकारको २२ वटा अधिकार क्षेत्र उल्लेख गरिएको छ । त्यसैले पनि स्थानीय सरकार अधिकार सम्पन्न र घरदैलोको बलियो सरकार बनेको […]

सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना

‘जनआन्दोलन–२०४६’ निष्कर्षमा पुगेपछि देशमा निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्था घोषणा भएको ३२ वर्ष पूरा भएको छ । २०४६ साल फागुन ७ गते सुरु भएको आन्दोलन झन्डै दुई महिनामा उत्कर्षमा पुगी सफल भएको थियो । चैत २६ गते राति ११:४५ बजे रेडियो नेपाल र नेपाल टेलिभिजनबाट राजदरबारको विज्ञप्ति प्रसारित भयो । त्यसमा नेपालको संविधान, […]

‘जङ्गलमा काम गर्ने भएर स्याउलाकै माला लगाऊँ भन्ने हाम्रो मान्यता छ’ –भीममाया तामाङ

‘फोटो कथा’ शृङ्खला हामीले सन्धान वेबपोर्टलमा ‘फोटो कथा’ शृङ्खला गर्दै आएका छौँ । यो शृङ्खलाको उद्देश्य महिलाहरूले गरेका प्रयास, आन्दोलन र उनीहरूका योगदानलाई सन्धान वेब पोर्टलमार्फत सार्वजनिक गर्नु हो । यस शृङ्खलाअन्तर्गत आज त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष हुनुभएकी भीममाया तामाङको फोटोको कथा प्रस्तुत गर्दैछौँ ।

‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल

जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष पृष्ठभूमि वि.सं.२०४६ को आन्दोलनको नेतृत्व गर्ने दुई वटा मुख्य मोर्चा थिए । नेकपा माले, नेकपा मार्क्सवादी, बर्मा समूहलगायत सात वटा बामशक्तिहरूको बाम मोर्चा बनाइएको थियो । सात बामपार्टीहरूमा सबैभन्दा ठूलो तत्कालीन नेकपा माले थियो । अर्को नेपाली काँग्रेस थियो ।

साधना प्रधान र कामाक्षादेवीः पहिलो सम्पादक महिला

आज चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका सन्दर्भमा ‘सन्धान’ ले नेपालका पहिलो दुई सम्पादक महिलालाई सम्झेको छ । उहाँहरू साधना प्रधान र कामाक्षादेवी हुनुहुन्छ । उहाँहरूले २००८ साल जेठमा ‘महिला’ नामक नेपाली भाषाको मासिक पत्रिका सम्पादन गर्नुभएको थियो । हालसम्मको खोजीअनुसार, यो पत्रिका नै नेपाली माटोमा महिलाहरूले सम्पादन गरेको जेठो पत्रिका हो । […]

‘समानता र न्याय नै फेमिनिस्ट दृष्टिकोण हो ।’ -सन्जोग ठकुरी

महिलावाद–संवाद शृङ्खला ३ । विश्वमा १८औँ शताब्दीदेखि प्रारम्भ भएको महिलावाद (फेमिनिज्म) को बहस नेपालमा भने व्यक्तिगत तह वा ससानो समूह र विश्वविद्यालयको पाठ्यक्रमसम्म मात्रै सीमित छ । अझ महिलावाद र महिलावादी भन्नेबित्तिकै अहिले पनि आम रूपमा नकारात्मक दृष्टिकोणले नै हेरिन्छ ।

‘नारीवादबारे गहन छलफलको प्रयास नै भएन ।’ -प्रा.डा. मिरा मिश्र

dr-mira-mishra-featured-photo

महिलावाद–संवाद शृङ्खला २ । महिलावाद–संवाद शृङ्खला किन ? विश्वमा १८ औँ शताब्दीदेखि प्रारम्भ भएको महिलावाद (फेमिनिज्म) को बहस नेपालमा भने व्यक्तिगत तह वा ससानो समूह र विश्वविद्यालयको पाठ्यक्रमसम्म मात्रै सीमित छ। अझ महिलावाद र महिलावादी भन्नेबित्तिकै अहिले पनि आम रूपमा नकारात्मक दृष्टिकोणले नै हेरिन्छ ।