महिला, शान्ति र सुरक्षा तथा विकास प्रक्रियासँग जाेडिएकाे छ कार्ययाेजना

सन्दर्भ : अन्तर्राष्ट्रिय शान्ति दिवस (सेप्टेम्बर २१) नेपाल सरकारले द्वन्द्वपीडित तथा प्रभावित महिलाको मुद्दालाई समेट्ने गरी महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । गृह मन्त्रालयका अनुसार, यो कार्ययोजना राष्ट्रसंघीय सुरक्षा परिषद्काे प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी प्रावधानमा आधारित छ […]

झापा विद्रोहमा लागेका महिला : जानकारी नै अब कहाँ पाइएला र ? (भिडियो सहित) – राधाकृष्ण मैनाली

द स्टोरी किचेनले २०२१ मार्च ८ मा अनलाइन पत्रकारिता प्लेटफर्म ‘सन्धान’ सुरु गर्‍यो। मुलुकमा विभिन्न कालखण्डमा भएका आर्थिक गतिविधि, सामाजिक र राजनीतिक आन्दोलनहरूमा महिलाहरूको सहभागिता, नेतृत्व र योगदान के, कस्तो र कसरी भएको रहेछ भनेर सन्धानमार्फत खोजी पनि गरिरहेका छौँ । यस क्रममा विशेष गरी ‘सन्धान फेलोसिप’ अन्तर्गत अनुसन्धानवृत्ति प्राप्त गरी विभिन्न फेलो पत्रकार/लेखकहरूले विभिन्न […]

पितृसत्ता के हो ?

पितृसत्ता पुरुषलाई प्रधान वा उच्च र महिलालाई सहायक वा नीच मान्ने सोचबाट निर्देशित शासनसत्ता हो । पितृसत्ताले पुरुषलाई प्रमुख, मूली वा प्रभुत्वशाली स्थानमा राख्छ भने महिलालाई पुरुषको मातहत वा पुरुषआश्रित ठान्छ । पितृसत्तामा वंश बाबुमा निहित हुन्छ र सन्तानको नागरिकता बनाउनसमेत बाबु नै चाहिन्छ । नेतृत्व भन्नेबित्तिकै पुरुष नै हो भन्ने सोच आउँछ । हरेक […]

ऐतिहासिक झापा आन्दोलनका सहभागी महिलाहरू दमक भेटघाटमा

झापाको दमक नगरपालिका वडा नम्बर ५ मा दमक नगरपालिकाका पूर्वउपप्रमुख गीता अधिकारीको घर छ । त्यही घरमा २०७९ फागुन ६ गते भेटघाट गरेका थिए, ऐतिहासिक झापा आन्दोलनका सहभागी महिलाहरूले । व्यवस्थाविरोधी आन्दोलनका बेलासमेत विभिन्न भूमिका र जिम्मेवारीमा रहेर काम गरेका महिलाहरूको भेटघाटको चाँजोपाँजो मिलाउनुभएको थियो, कमल गाउँपालिकाकी पूर्वअध्यक्ष मेनुका काफ्लेले । मेनुकाको भेट पार्टी कामको […]

नेपालको महिला आन्दोलनमा मुस्लिम महिलाको योगदान र सहभागिता

नेपालको स्वतन्त्रता, सार्वभौमिकता तथा प्रजातान्त्रिक सङ्घर्ष र अभ्यासमा महिलाहरूको छुट्टै भूमिका, सहभागिता र योगदान रहँदै आएको छ । यसका साथै महिलाको अस्तित्व, पहिचान र अधिकार प्राप्तिका लागि केन्द्रित छुट्टाछुट्टै सङ्घर्षहरू आफैँमा महत्त्वपूर्ण छन् । योगमाया न्यौपानेकोे प्रारम्भिक सङ्घर्षदेखि राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिताको प्राप्ति र राष्ट्रपति पदमा पहुँचसम्मको यात्राक्रममा महिलाले गरेका सङ्घर्ष अत्यन्त […]

वनकरिया : जग्गाको स्वामित्व नै नभएका ‘धर्तीपुत्र’

संसारमा इतिहास बलियाको मात्र लेख्ने गरियो । हेपिएका, पछाडि पारिएका, कमजोर र पराजित भएकाहरूको इतिहास खोज्न र लेख्न बाँकी छ । पछाडि पारिएका सबै जातजाति र समुदायको उत्पत्ति, विकास र जीवन पद्धतिका बारेमा यथोचित खोजतलास र विधिवत् अनुसन्धान गर्नै बाँकी छ । उनीहरूलाई बलिया जाति एवं शासकहरूले नै दपेटेर लोपोन्मुख पार्दै लोप बनाउने गर्छन् ।

नेपालको राजनीतिमा सीमान्तीकृत महिलाको प्रतिनिधित्व, अवस्था र चुनौति

rita-sah-featured-image

राजनीतिक क्षेत्रमा महिला सहभागिताले महिलाका संवैधानिक तथा राजनीतिक अधिकारहरू सुनिश्चित गर्न सघाउँछ । साथै, राजनीतिले नीति निर्माण तहमा महिलाको प्रभावशाली र अर्थपूर्ण प्रतिनिधित्वमा पुर्याउन सघाउँछ । राजनीतिमा महिलाको सशक्त प्रतिनिधित्वले मात्रै पितृसत्तात्मक शक्ति–संरचना भत्काउन र महिलाको अधिकार स्थापित गर्न बल पुर्‍याउन सघाउँछ । वास्तविक समावेशी लोकतन्त्रको अभ्यास र राज्यको समग्र प्रगतिको लागि पनि राजनीतिक नेतृत्वमा […]

घरायसी कामको ‘टाइम डायरी’ लेख्ने अभ्यास गरौँ – कल्पना विन्दु गौतम, नवलपुर

नवलपुरकी कल्पना विन्दु गौतम २०६५ सालदेखि सामाजिक अभियानमा क्रियाशील हुनुहुन्छ । विशेषतः महिलाका क्षेत्रमा सक्रिय गौतम  हाल महिला अधिकार मञ्चको केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ । उहाँ ६ वर्षसम्म महिला अधिकार मञ्चको जिल्ला अध्यक्ष भइसक्नुभएको छ । उहाँसँग सामाजिक क्षेत्रमा काम गर्दाका अनुभव र कार्यक्षेत्रका महिलामा आएको परिवर्तन आदि विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ, […]

महिलावादी आन्दोलनले यौनिक तथा लैङ्गिक समुदायको मुद्दा उठाएको भनेको ‘टोकनिज्म’ मै सीमित छ । –गौरी नेपाली

महिलावाद–संवाद शृङ्खला ४ । महिलावाद–संवाद शृङ्खला किन ? विश्वमा १८औँ शताब्दीमा प्रारम्भ भएको महिलावाद (फेमिनिज्म) को बहस नेपालमा भने व्यक्तिगत तह वा ससानो समूह र विश्वविद्यालयको पाठ्यक्रमसम्म मात्रै सीमित छ। अझ महिलावाद र महिलावादी भन्नेबित्तिकै अहिले पनि आमरूपमा नकारात्मक दृष्टिले नै हेरिन्छ ।