राजनीति के हो पछि थाहा पाएँ

– दुर्गादेवी सापकोटा दुर्गादेवीको बिहे सात वर्षमै नौ वर्षका तिलकप्रसाद सापकोटा (२००० माघ १७ –२०७९ कात्तिक २३) सँग भयो । बागलुङ जिल्लाको बिहुँ कर्लिङमा आठ दशकअघि जन्मिएकी उहाँलाई पुरुषप्रधान सामाजिक संरचनाले न त पढ्न दियो, न त समन्यायिक व्यवहार नै गर्यो । ‘महिलाले पढ्नु हुँदैन’ भन्ने कुटिल र कठोर कालखण्ड थियो त्यो । “हाम्रा पालामा […]
जेलभित्र खाना भनेर पनि आउँथ्यो सूचना (भिडियो सहित) – गीता गजुरेल

विसं २०४६ को जनआन्दोलनमा झापा जिल्लाको दमकबाट नेतृत्व गरेका महिलामध्ये एक हुनुहुन्थ्यो, गीता गजुरेल । त्यतिबेला राजनीतिमै सक्रिय उहाँका श्रीमान् बलराम गजुरेल प्रहरी हिरासतमा हुनुहुन्थ्यो । बलरामलाई प्रहरीले जेल चलान गरेर एक महिनापछि छोडेको थियो । श्रीमान् जेलमा हुँदा आफू अझै क्रियाशील भएर राजनीतिमा लागेको उहाँको भनाइ थियो । ताप्लेजुङ जिल्लाबाट आफूले राजनीति सुरु गरेको […]
महिलाले प्रतिकारको इतिहास रचेको सम्झनामा (भिडियोसहित)

कालिकोटको मालकोटमा भएको प्रतिरोधको अगुवाइ महिलाले गरेका थिए । त्यसैमध्येको एउटा घटना २०५४ चैत २६ गते भएको थियो । त्यसमा एक जनाको ज्यान गयो भने घाइते भएकाहरूमा दुधे बालककी आमा पुना कामी पनि पर्नुभयो । कालिकोट जिल्लाको हालको नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ मालकोटकी पुनालाई सशस्त्र द्वन्द्वकालमा गोली लागेको थियो । २००२ असारमा अछाममा जन्मिएकी […]
नाच्ने गाउने हाम्रो पेसा हरायो (भिडियोसहित)

वाद्यवादन र नाचगान वादी समुदायको पुर्ख्यौली पेसा थियो । ६६ वर्षीया श्यामादेवी वादी कुनै बेला त्यही पेसा गर्नुहुन्थ्यो । पहिले नाच्ने, गाउने काम गरेर जीविका चलाएको भए पनि अहिले उमेरका कारण आफूले यो काम गर्न नसकेको उहाँको भनाइ थियो । समयका कारण नयाँ पुस्ताले पनि यो काम गर्न नखोजेको हुनाले पुर्ख्यौली पेसा लोप भएको भनी […]
जेल तोडेका महिलाः सोचेको जस्तो समानता र विकास हुन अझै बाँकी

कुरा २०५७ चैत १७ गतेको हो । छ जना राजबन्दी महिला रातारात ‘जेलतोड’ गरी गोरखा कारागारबाट निस्किए । उनीहरू आफैँले योजना बनाएर खनेको एक मान्छे र एक हातभन्दा बढी तलतिर गहिरो र त्यत्ति नै तेर्साे/सीधा खनेर जेलकै तीन वटा पर्र्खाल तोडेर निस्किएका थिए । सुरुङ खन्ने काम चार महिनाअघि नै सुरु भएको थियो । चार […]
सोच र व्यवहारमै समानताको प्रयास

सामूहिक आवाज लैङ्गिक समानताका विषयमा कुनै पनि व्यक्तिको बुझाइ, देखाइ, भोगाइ र गराइले निकै ठुलो अर्थ राख्छ । यसैले विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिका सोचाइ र भनाइलाई सङ्कलन गरी ‘सन्धान’ ले बेला बेलामा ‘सामूहिक आवाज’ का रूपमा प्रस्तुत गर्दै आएको छ । आजको अङ्कमा गायनका साथै गीत, सङ्गीतकै क्षेत्रमा विभिन्न भूमिका र सङ्घसंस्थामा संलग्न कलाकारका विचार […]
यसर्थ र यसरी पनि मनाइन्थ्यो ‘नारी दिवस’

८ मार्चको संस्मरण अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चका नामले पनि चिनिन्छ । नेपालमा यो दिवसलाई पञ्चायतकालमा नारी दिवस भनिन्थ्यो । त्यसलाई व्यवस्थाविरोधी गतिविधिका रूपमा उपयोग गर्ने जमात पनि थियो । पञ्चायत व्यवस्था पक्षधर र विपक्षमा रही भूमिगत राजनीति गर्नेहरूले छुट्टाछुट्टै हेतुले पनि यो दिवस मनाउने गर्थे । ८ मार्चलाई पञ्चायतकालमा भूमिगत राजनीति गर्ने महिलाहरूले […]
समयमै बुझ्न नसकिएको बहुमूल्य पाठ (भिडियो सहित)

पिस्कर काण्डमा महिला शृङ्खला ८ विगतका घटना, परिघटना, आन्दोलन र परिवर्तनको बारेमा इतिहासका ठेली लेखिन्छ र छापिन्छ । विश्वविद्यालयमा तिनको पठनपाठन, व्याख्या विश्लेषण हुन्छ । इतिहास लेख्नु र पढ्नु पढाउनु विगतलाई फर्केर हेर्नु र बुझ्नु हो । विगतमा के भएको थियो भनेर खोज्नु ज्ञानात्मक कार्य हो । यो विगतको घटना सङ्कलनसँग मात्रै होइन, लेखनसँग पनि […]
पञ्चायतले पक्रिन्थ्यो तर त्यहीविरुद्ध उपयोग पनि गरियो

सन्दर्भ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सन् १९०८ मा आजकै दिन अमेरिकाको न्युयोर्कमा श्रमिक महिलाहरू भेला भएर उचित काम, कामको पारिश्रमिक र मताधिकारको माग राख्दै र्याली निकाले । यसलाई श्रमिक महिलाहरूले आफ्नो अधिकारको माग राख्दै सङ्गठित रूपमा उत्रिएको विश्वकै पहिलो घटना मानिन्छ । सन् १९१० मा डेनमार्कको कोपनहेगनमा ‘कन्फरेन्स अफ वर्किङ वुमन’ नामक सम्मेलन भयो […]