परिवर्तनका लागि सचेत र सक्रिय दलित महिला

नेपालमा राजनीतिक परिवर्तनका लागि भएका सामाजिक तथा राजनीतिक अभियान, सङ्घर्ष, आन्दोलन, द्वन्द्व आदिमा दलित महिलालगायत विभिन्न जाति, वर्ग, लिङ्ग, क्षेत्रका मानिसहरू सक्रिय सहभागी हुँदै आएका छन् । बहुजातीय देश नेपालको सबैभन्दा पिँधमा रहेका मानिसमा पर्छन्, दलित समुदायका महिलाहरू । उनीहरू अझै पनि सामाजिक र राजनीतिक शक्तिको केन्द्रबाट बाहिर परिधितिरै धकेलिइरहेका छन् । यद्यपि, नेपालको सामाजिक […]

ऐतिहासिक झापा आन्दोलनका सहभागी महिलाहरू दमक भेटघाटमा

झापाको दमक नगरपालिका वडा नम्बर ५ मा दमक नगरपालिकाका पूर्वउपप्रमुख गीता अधिकारीको घर छ । त्यही घरमा २०७९ फागुन ६ गते भेटघाट गरेका थिए, ऐतिहासिक झापा आन्दोलनका सहभागी महिलाहरूले । व्यवस्थाविरोधी आन्दोलनका बेलासमेत विभिन्न भूमिका र जिम्मेवारीमा रहेर काम गरेका महिलाहरूको भेटघाटको चाँजोपाँजो मिलाउनुभएको थियो, कमल गाउँपालिकाकी पूर्वअध्यक्ष मेनुका काफ्लेले । मेनुकाको भेट पार्टी कामको […]

‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह

जनकपुरमा विद्यार्थी आन्दोलनबाट सुरु भएको थियो, २०४६ सालको आन्दोलन । मेरो घर नजिकै सिडिओ कार्यालय थियो । त्यहाँ गोली हानाहान भएको थियो । सिडिओ कार्यालयबाटै गोली हान्दा पाठक थरका एक जना साधारण मान्छेको मृत्यु भएको थियो । म त्यतिबेला फ्याक्ट्रीमा काम गर्थें । ‘फ्याक्ट्री’ भन्नाले जनकपुर चुरोट कारखाना । हामी कर्मचारी भएकाले खुलेर राजनीति गर्न […]

ओछ्यान : पितृसत्ताको ढलिमली

आफ्नो आफ्नो उमेर सम्झनुस् । आजसम्म कति पटक ओछ्यानमा निदाउनुभो होला ? उमेरका आधारमा हिसाब गरी हेर्नुस् । अँ, साँच्ची ! ओछ्यानमा पल्टिएर निदाउनुअघि ओछ्यानको पनि इतिहास छ भनेर सोच्नुभो कहिल्यै ? हामीलाई वास्ता हुँदैन तर बेवास्ता गरेका कैयन् चिजको इतिहास हुन्छ । ओछ्यानको पनि छ । पाषाणकालमै ओछ्यानको आविष्कार भएको मान्नुहुन्छ, ब्रिटिश लेखक तथा […]

‘ओछ्यान’ मै यौनहिंसाको यो रूप: आमाछोरी नै जोखिममा भएपछि उजुरी

जीवनसाथीबाट ‘ओछ्यान’ मै यौनहिंसा हुन सक्छ भन्ने तथ्य सार्वजनिक हुन धेरै गाह्रो छ । श्रीमान्‌बाट श्रीमती बढी प्रताडित भएका भेटिन्छन् । त्यसो त पितृसत्ताको बर्कोमा बेरिएको महिला मस्तिष्कले वैवाहिक जोडीबाट हुने गरेको यौनहिंसाको दर्दनाक भोगाइलाई लामो समयसम्म शयनकक्षबाट बाहिर ल्याउनै सकेन । छोरीलाई नै दुर्व्यवहार गर्न थालेपछि भने आमालाई असह्य हुन्छ । त्यसपछि बिहे भएदेखि […]

बहुल पहिचानमा राज्यको समबुझाइ र समभाव हुनुपर्छ – प्रतिमा गुरुङ (भिडियो कुराकानी)

प्रतिमा गुरुङ अपाङ्गता भएका आदिवासी जनजाति महिलाहरूको अधिकारका लागि काम गर्नुहुन्छ । उहाँ राष्ट्रिय आदिवासी अपाङ्ग महिला सङ्घ नेपाल (निडवान नेपाल) को अध्यक्ष हुनाका साथै अपाङ्गता भएका आदिवासी जनजातिहरूको ग्लोबल नेटवर्कमा आबद्ध हुनुहुन्छ । उहाँले अपाङ्गता भएका महिलाहरूलाई घरपरिवार भित्रैबाट हुने हिंसा र विभेदसम्बन्धी अनुसन्धान गर्नुभएको छ ।

पुरुषहरू मोर्चामा, महिलाहरू विनाचर्चामा

तराई मधेसका महिलाहरूले विभिन्न कालखण्डमा नेपालमा भएका राजनीतिक तथा सामाजिक आन्दोलनहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । प्रत्यक्ष–अप्रत्यक्ष योगदान गरेका छन् । कतिपय समयमा आन्दोलनको अगुवाइ पनि महिलाले नै गरेका छन् ।

‘ओछ्यान’ मै यौनहिंसाको यो रूप : गर्भवती हुँदा पनि कुटपिट र गालीगलौज

जीवनसाथीबाट ‘ओछ्यान’ मै यौनहिंसा हुन सक्छ भन्ने तथ्य सार्वजनिक हुन धेरै गाह्रो छ । श्रीमान्‌बाट श्रीमती बढी प्रताडित भएका भेटिन्छन् । त्यसो त पितृसत्ताको बर्कोमा बेरिएको महिला मस्तिष्कले वैवाहिक जोडीबाट हुने गरेको यौनहिंसाको दर्दनाक भोगाइलाई लामो समयसम्म शयनकक्षबाट बाहिर ल्याउनै सकेन । असह्य भएपछि नजिकका व्यक्तिसँग यसो कुरा गरिहाले पनि श्रीमान्‌को यौन बर्बरतालाई सहेरै बस्नुपर्ने […]

पत्रकारितामा महिला आउनभन्दा टिक्न गाह्रो – ज्ञानु श्रेष्ठ, पत्रकार

ज्ञानु श्रेष्ठ रामेछाप जिल्लामा बसेर ११ वर्षदेखि पत्रकारिता गर्दै आउनुभएको छ । सिन्धुलीबाट निस्किने ‘जनबोली सन्देश’ दैनिक पत्रिकामा २०६८ सालदेखि रामेछापबाट समाचार पठाउने कामबाट उहाँको पत्रकारिता सुरु भएको थियो ।