महिनावारी भएको भनेर ऋषि पञ्चमीमा ‘चोखिनु/चोख्याउनु’ गलत अभ्यास हो – राधा पौडेल (भिडियाे सहित)

आज ऋषि पञ्चमी । हरेक वर्ष तीजको लगत्तैपछि पर्ने भाद्र शुक्ल पञ्चमीको दिन विशेष गरी हिन्दु महिलाहरूले पूजाआजा गरी मनाउँछन् । महिनावारी भएका बेला जानीनजानी ‘छाइछुइ’ भएको रहेछ भने ‘पाप’ लाग्छ र यस्तो ‘पाप पखाल्नका लागि’ भनेर रजस्वला हुन आरम्भ भएका किशोरीदेखि महिलाहरूलाई यो दिन सप्तऋषि आदिको पूजा गर्न लगाइएको पाइन्छ । वर्ष दिनको प्रतीकको […]

तीजलाई विद्रोह दिवसको रूपमा मनाउनुपर्छ – कल्पना धमला (भिडियो सहित)

तीज पर्व के हो ? यसको पौराणिक कथन के हो ? अहिले र ५०/६० वर्ष पहिलेको तीज मनाउने चलनमा के कस्तो परिवर्तन आएको छ ? तीजको नाममा गरिने तामझामले परिवारमा थप्ने आर्थिक भार तथा पार्ने सामाजिक सांस्कृतिक असरबारे पनि धेरथोर बहस सुरु भएको छ । यस वर्षको हरितालिका तीज आज परेको छ । यही सन्दर्भ […]

समाज परिवर्तन गर्ने राम्रो अवसर हुन सक्छ तीज –राधा पौडेल (भिडियो सहित)

तीज पर्व के हो ? यसको पौराणिक कुरा के हो ? ५०/६० वर्ष पहिले र अहिलेको तीज मनाउने चलन कसरी बदलिँदै आएको छ ? तीजले परिवारमा थप्ने आर्थिक भार तथा पार्ने सामाजिक सांस्कृतिक असर के कस्ता छन् ? यसबारे धेरथोर बहस सुरु भएको छ । यस वर्ष भदौ १४ गते हरितालिका तीज परेको छ । […]

फेसन र महिलालाई जाँच्ने कसी हुन् र चाडवाड ?

सबैलाई आफ्नो रीतिरिवाज, चाडवाड, संस्कृति प्यारो लाग्छ । भावी पुस्तालाई आफ्ना सांस्कृतिक चालचलन हस्तान्तरण गरौँ भन्ने पनि लाग्न सक्छ । वर्तमान समयमा भने यी कुरा हस्तान्तरण गर्न लायक जस्ता छैनन् । यसको बलियो कारण हो, चाडपर्वका नाममा थोपरिएको फेसनको बोझ ।

विद्यालय नियममा हुनै भएन ‘जेन्डर वायस’

हालसालै पश्चिम नेपालको एउटा विद्यालयमा हातमा मेहदी लगाएर विद्यालय आएको निहुँमा छात्राहरूलाई सजाय दिइयो । ‘भोलि यो मेहदी मेटाएर आउँछु’ भन्ने कबुल गराइयो । कान समाएर क्षमा माग्न लगाइयो ।

महिलामाथिको हिंसा ‘शक्तिसम्बन्ध’ मा आधारित छ (भिडियोसहित) –सबिन श्रेष्ठ, अधिवक्ता

अधिवक्ता सबिन श्रेष्ठ झन्डै अढाइ दशकदेखि महिला र मानवअधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । २०५४ सालमा अधिवक्ता बन्नुभएका उहाँले विशेष गरी महिलाको कानुनी अधिकार, सार्वजनिक सरोकारका मुद्दा र विभिन्न खालका हिंसाबाट पीडित महिलाहरूको पक्षबाट मुद्दा लड्दै आउनुभएको छ । महिलाभित्र पनि विशेषगरी पछाडि परेका/पारिएका महिलाहरूको पहिचानको अधिकारदेखि नागरिकता प्राप्तिसम्म, घरेलु हिंसादेखि यौनजन्य दुव्र्यवहार एवं जबरजस्ती करणीसम्मका […]

‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन ऐन’ महिलामैत्री बनाउन अधिकारकर्मीहरुको माग (भिडियोसहित)

सरकारले ल्याउन लागेको ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ लाई महिलामैत्री बनाउन अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले माग गरेका छन् ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलनमा दोस्रो पुस्ताको प्रवेश

‘क्वयेर’ शब्द अङ्ग्रेजी भाषाबाट आएको हो । २०औँ शताब्दीसम्म अङ्ग्रेजी भाषा बोल्ने समाजमा यो शब्दलाई अपशब्द मानेर प्रयोग गरिन्थ्यो । समाजको कथित सामान्य लैङ्गिक र/वा यौनिक पहिचानको दायराभन्दा बाहिरका मानिसहरूलाई यो अपशब्दको प्रयोग गरिने गरिन्थ्यो । २०औँ शताब्दीको अन्त्यमा भएको क्रान्तिले यो शब्दको पुनर्दाबी (रिक्लेम) गर्‍यो । हामीलाई यो शब्द प्रयोग गरी अपमानित तुल्याउने गरिएको […]

बलात्कारविरुद्धको उजुरीमा हदम्याद अनुचित

सन् २०१४ मा भएको एउटा ‘सुन्दरी प्रतियोगिता’ की उपविजेताले आफूमाथि आठ वर्षअघि भएको यौनहिंसाको जघन्य घटना यही जेठ ४ गते सार्वजनिक गरिन् । सामाजिक सञ्जाल टिकटक भिडियोमार्फत घटना सार्वजनिक गर्दैगर्दा उजुरीका लागि नेपालको कानुनमा तोकिएको हदम्यादका कारण आफूले न्याय नपाउने आशङ्का गर्दै उनी मर्माहत हुन पुगिन् । यौनहिंसा र बलात्कारविरुद्धको नेपाली कानुन पनि पीडितमैत्री नभएको […]