नेपालको महिलावादी आन्दोलनमा अबको बाटो (भिडियोसहित)

लैङ्गिक अध्ययन अन्तरक्रिया–१

“के सबै विषयमा महिलाहरू पर्दैनन् र ?” नेपालको महिलावादी आन्दोलन, यसका चुनौती र अबको बाटो विषयमा प्रवचन दिँदै प्रा.डा. बिन्दु पोखरेलले २०८१ चैत १० गते काठमाडौँमा भएको एउटा अन्तरक्रियात्मक कार्यक्रममा यो प्रश्न उठाउनुभयो ।

त्रिभुवन विश्वविद्यालयमा लैङ्गिक अध्ययन केन्द्रीय विभागले महिलाका विषयलाई गहिरिएर हेर्ने र यसले अरू सबै विषयलाई समेट्ने भए पनि व्यवस्थापकीय बुझाइ र व्यवहारमा चुनौती रहँदै आएको सङ्केत पनि उहाँले गर्नुभयो ।

प्रा.डा. बिन्दुका अनुसार, चुनौतीहरूका बिचमा पनि नेपालको महिलावादी आन्दोलनले जातीय विभेद, यौनिकता, महिला हिंसा, लैङ्गिक हिंसा र दुर्व्यवहार जस्ता पुराना विषयलाई नछोडीकन अब आप्रवासन, जलवायु परिवर्तन, साइबर अपराध जस्ता नयाँ विषयलाई पनि समेट्दै अघि बढ्नुपर्छ ।

त्रिभुवन विश्वविद्यालय, लैङ्गिक अध्ययन केन्द्रीय विभागसँगको सहकार्यमा द स्टोरी किचेनको अनलाइन माध्यम ‘सन्धान’ ले ‘नेपालको महिलावादी आन्दोलन, यसका चुनौती र अबको बाटो’ विषयमा नियमित अन्तरक्रियात्मक कार्यक्रम गर्दै त्यसबाट प्राप्त ज्ञानात्मक अन्तर्वस्तुलाई शृङ्खलाबद्ध गरी प्रकाशन–प्रसारण गर्ने भएको छ ।

यसै क्रममा २०८१ चैतको दोस्रो साता विभागको पहलमा विश्वविद्यालय व्यवस्थापनका प्रतिनिधि, विभिन्न विभागका प्रमुखहरू र सरोकारवाला विभिन्न पक्षको सहभागितामा एउटा छलफल कार्यक्रम गरियो । लैङ्गिक अध्ययनमा पनि विशेष गरी महिला विषयका सैद्धान्तिक र व्यावहारिक पक्षमा छलफल गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा नेपालमा महिलावादी आन्दोलनको अवस्था के छ, यसले उठाउनुपर्ने मुद्दाहरू के के देखापरेका छन्, यसका चुनौतीहरू के कस्ता छन् र अबको बाटो के कसरी तय गरिनुपर्छ भन्ने प्रश्नको सेरोफेरोमा बौद्धिक विमर्श चलेको थियो । त्यसका प्रमुख वक्ताहरूमा विभागकै प्रा.डा. बिन्दुका साथै प्रा.डा. मीरा मिश्र र ‘हामी दाजुभाइ’ संस्थाका अध्यक्ष सन्जोग ठकुरी हुनुहुन्थ्यो ।

‘सन्धान’ ले तीनै जना प्रमुख वक्ताले दिनुभएको मौखिक प्रस्तुतिको भिडियो रेकर्ड गरी त्यसैका आधारमा सहकार्यात्मक गृहकार्य गर्दै लिखित पाठको तयारी गरिरहेको छ । आजको शृङ्खलामा प्रस्तुत छ, प्रा.डा. बिन्दु पोखरेलको प्रस्तुतिको भिडियोका साथमा लिखित पाठ :

‘फेमिनिज्म’ अर्थात् महिलावाद । जुनसुकै वाद पनि अरू व्यवस्थासँग जोडिएको हुन्छ । महिलावाद पनि समाजका अरू व्यवस्थाहरूसँग जोडिएर आउँछ । यो विशेष गरी लैङ्गिक असमानता अथवा लैङ्गिक व्यवस्थासँग सम्बन्धित छ । त्यसले गर्दा महिलाका सन्दर्भमा अहिले भइरहेका परिवर्तनहरू हाम्रो राजनीतिमा आएको परिवर्तनका साथै अरू विचारधारामा आएका परिवर्तनसँग जोडिएको छ ।

महिलावादमा हामीले राजनीतिदेखि विचारधारासम्ममा आएका परिवर्तनका समसामयिक कुरालाई पनि समेट्नुपर्ने हुन्छ । त्यसले गर्दा सबैभन्दा पहिले नेपालको महिलावादी आन्दोलन (फेमिनिस्ट मुभमेन्ट) ले हेर्नुपर्ने समसामयिक र पहिलेदेखिका विषयहरू के छन् त भनेर विचार गर्नुपर्ने हुन्छ ।

समसामयिक विषयहरूमध्ये यसमा आप्रवासनसँग सम्बन्धित कुरा जल्दोबल्दो रहेको छ । मलाई लाग्छ, महिलावादी आन्दोलनमा हामीले अहिले समेटेर राम्ररी हेर्नुपर्ने एउटा विषय भनेको आप्रवासन हो । यस सन्दर्भमा डा. मीना पौडेलको किताब ‘साहस’ भर्खरै निस्किएको छ । यसमा नेपाली महिलाहरूलाई लामो समयदेखि फन्दामा पार्दै आप्रवासनमा धकेलिएको र स्वदेश फर्किइसकेपछि पनि उनीहरूलाई बहिष्करणमै पार्न खोजिएको तथ्यको खोजी र विश्लेषण गरिएको छ ।

‘लोग्ने खाडीमा पसिना बगाउँदै, श्रीमती यहाँ अर्को श्रीमान्‌सँग जाँदै’ भन्ने जस्ता कुरादेखि लिएर ‘श्रीमतीले धोका दिन्छे’ भन्ने जस्ता धेरै कुरा पत्रपत्रिकामा आइरहन्छन् तर त्यो महिला पनि पीडित (भिक्टिम) भइरहेको पो हो कि भनेर महिलाको पक्षबाट किन हेरिँदैन ?

हाम्रै एक जना विद्यार्थीले पनि आप्रवासनका विषयमा अनुसन्धान (रिसर्च) गरेका थिए । त्यसमा पुरुषहरू आप्रवासनमा विदेश जाँदा यहाँ स्वदेशमा बसेका महिलाहरू विशेष गरी तिनका श्रीमतीहरूले के कस्ता चुनौती भोगिरहेका छन् त भनेर अध्ययन गरिएको छ । अध्ययनबाट के देखिएको छ भने आप्रवासनमा जति सजिलो पुरुषहरूलाई छ, महिलाहरूलाई छैन ।

स्वदेशमा बसेका नजिकका नातेदार महिलाहरूको बारेमा अनावश्यक कुरा गर्ने गरिन्छ । ‘लोग्ने खाडीमा पसिना बगाउँदै, श्रीमती यहाँ अर्को श्रीमान्‌सँग जाँदै’ भन्ने जस्ता कुरादेखि लिएर ‘श्रीमतीले धोका दिन्छे’ भन्ने जस्ता धेरै कुरा पत्रपत्रिकामार्फत पनि बाहिर आइरहन्छन् तर त्यो महिला पनि पीडित (भिक्टिम) भइरहेको पो हो कि भनेर हेरिँदैन ।

हामीकहाँ आप्रवासनबाट प्रभावित महिलाको पक्षबाट किन हेरिँदैन त ? किन हामीले त्यो महिलाको पक्षबाट वास्तविक समस्या के हो त भनेर सोच्न, खोज्न, हेर्न र बुझ्न सकिरहेका छैनौँ ? यसको पछाडि के छ ? के कुराले हाम्रो सोचलाई एकतर्फी र पुरुषमैत्री मात्रै बनाइरहेको छ, जसलाई हामीले अझै पनि ध्यान दिनै सकिरहेका छैनौँ ?

मलाई लाग्छ, अब यतातिर पनि हामीले आ–आफ्नो क्षेत्रबाट उत्तिकै महत्त्वका साथ हेर्न र ध्यान दिएर महिलाका कोणबाट काम गर्न जरुरी छ । हाम्रो समाजमा त्यस्ता पुरुषहरूको बाहुल्य छ, जसले त्यस्ता महिलाहरूलाई सजिलैसँग फसाइरहेका छन् । यस्ता धेरै घटना (केस) हरू हाम्रो विद्यार्थीको अध्ययनबाट पनि निस्किएको छ ।

सो अध्ययनमा श्रीमान् रोजगारीका लागि विदेशमा रहेका बेला स्वदेशमा रहेका महिलाहरूलाई पुरुषहरूले कसरी प्रयोग गरिरहेका छन् र उनीहरूले किन त्यसो गरेका हुन् त भनेर कारण पनि खोजिएको छ । त्यसको मूलभूत कारण हो, पैसा र यौनिकता ।

श्रीमान्‌ले विदेशबाट पठाइदिएको पैसा ती महिलाहरूसँग छ र यौनिकता पनि छ । त्यो भएर एक खालका पुरुषहरू यता स्वदेशमा ती महिलाहरूको पछि लागिरहेका हुन्छन् अनि मौका पाएको बेला तिनले नराम्ररी फसाइदिन्छन् । त्यस्तो अवस्थामा जो पीडित महिलाहरू हुन्छन्, उनीहरूलाई यो समाजमा आफूमाथि भएका कुरा खोलेर बोल्न पनि झन् गाह्रो छ ।

गाह्रो किन छ भने आफ्नो पनि गल्ती भइसकेको हुन्छ । जे जस्ता कारणले भए पनि अर्को पुरुषसँग आफू लागेको त छ । यस्तो अवस्थामा यी कुरा पनि खोजौँ, ती महिलालाई कसरी परपुरुषसँग सम्बन्ध राख्ने अवस्था पार्दिएको छ ? अर्को पुरुषसँग उनी कसरी फसिन् ? मलाई लाग्छ, अबका दिनमा अध्ययनकर्ता र मिडियाले महिलाका दृष्टिकोणबाट यी कुरा खोज्नुपर्ने हुन्छ ।

हाम्रो समाजमा कुनै घटना भएमा भन्दा पनि महिला दोषी हुने र नभन्यो भने पनि आफैँ फस्ने परिस्थिति छ । हामी लैङ्गिक अध्ययनको दृष्टिले समानताको कोणबाट पनि सोच्छौँ तर अधिकांश मिडियाले त्यसरी सोचेको पाइँदैन । यसैले हाम्रो प्रश्न छ, मिडियामा त्यस्ता महिलाहरूको आवाज खोइ त ?

खोजेपछि मात्र थाहा हुन्छ, त्यहाँ त अहिलेसम्म ध्यान दिनै नसकिएका विभिन्न कारणहरू छन् भन्ने । ती कारणहरू महिलावादका कोणबाट विचारणीय र एकदमै महत्त्वपूर्ण छन् । पुरुषले कतै फकाएर, कतै डर देखाएर, कतै धम्क्याएर पनि त्यो महिलासँग सम्बन्ध राख्ने अनि तिनको हातमा परेको पैसा पनि सिध्याइदिने गरेको पाइएको छ ।

अनि फेरि अर्को कुरा, हाम्रो समाजमा त्यो घटना कतै भन्दा महिला आफैँ दोषी हुने र नभन्यो भने पनि आफैँ फस्ने परिस्थिति पार्दिएको छ । हामी लैङ्गिक अध्ययनको दृष्टिले समानताको कोणबाट पनि सोच्छौँ तर अधिकांश मिडियाले त्यसरी सोचेको पाइँदैन । यसैले हाम्रो प्रश्न छ, मिडियामा त्यस्ता महिलाहरूको आवाज खोइ त ?

यहाँनेर हाम्रो फेमिनिस्ट मुभमेन्टले पनि त्यस्ता महिलाहरूको जीवनभोगाइलाई समानताको कोणबाट बुझ्न र उनीहरूको तर्फबाट आवाज उठाउन सकेको छ कि छैन भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ ।

नेपालको फेमिनिस्ट मुभमेन्टले उठाउनुपर्ने अर्को सवाल भनेको अहिलेको बदलिँदो जलवायु पनि हो । जलवायु परिवर्तन (क्लाइमेट चेन्ज) ले पनि महिलामाथि असर पारिरहेको छ । यसले कस्तो असर पारिरहेको छ त ? ती कुरालाई पनि हामीले शैक्षिक, बौद्धिक अध्ययन र अनुसन्धान गरी भेटिएका कुरालाई अगाडि ल्याउनुपर्ने आवश्यकता छ ।

अहिलेको संसारमा साइबर अपराध (साइबर क्राइम) सँग सम्बन्धित, कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित मुद्दा एकदमै बढेर आइरहेको छ । सूचना प्रविधिले त महिला मात्रै होइन, पुरुष वा अन्य समुदायका व्यक्तिहरूलाई पनि असर पारिरहेको छ । त्यसमा पनि खास गरी महिला र पुरुषबिचको सम्बन्धमा कस्तो असर पारिरहेको छ त ? विशेष गरी महिलाहरूलाई कस्तो असर परिरहेको छ ? यी कुरालाई पनि फेमिनिस्ट मुभमेन्टले हेर्नुपर्छ ।

हाम्रो महिलावादी आन्दोलनले उठाएका पुराना विषयहरू पनि समाधान भइसकेका छैनन् । पुराना विषयवस्तु भन्नाले एउटा जातीय विभेदको कुरा छ, अर्को यौनिकताको कुरा भयो । यस्तै, महिला हिंसा र लैङ्गिक हिंसा र दुर्व्यवहारका कुराहरू पनि छन् । यी विषयहरू पनि यस मुभमेन्टबाट हटेका छैनन् ।

आर्थिकरूपमा महिला सशक्त हुनका लागि के के पूर्वाधार चाहिन्छ ? सबैभन्दा पहिला त महिलाहरूलाई घरबाट बाहिर निस्किने वातावरण हुनुप¥यो । घरभित्रको परिस्थिति कस्तो छ ? परिवार कत्तिको समझदार छ ? महिलावादी दृष्टिकोणबाट यो कुरा पनि हेर्नुपर्छ ।

समाधान भइनसकेका हुनाले पुराना विषयहरू अझै हटिसकेका छैनन् । यी बाहेक अघि भनेका नयाँ विषयहरू आप्रवासन, जलवायु परिवर्तन, साइबर क्राइमलाई पनि हामीले सँगसँगै हेर्नुपर्छ भन्ने लाग्छ । यससँगै अर्को मुख्य कुरा, आर्थिक पक्ष छ । यसमा हामीले महिला सशक्तीकरण गराउने भन्ने कुरा पनि आउँछ ।

प्रश्न उठ्छ, आर्थिकरूपमा महिला सशक्त हुनका लागि के के पूर्वाधार चाहिन्छ त ? सबैभन्दा पहिला त महिलाहरूलाई घरबाट बाहिर निस्किने वातावरण हुनुप¥यो । सबैभन्दा पहिले त घरभित्रको परिस्थिति पनि कस्तो छ ? परिवार कत्तिको समझदार छ ? महिलावादी दृष्टिकोणबाट यो कुरा पनि हेर्नुपर्छ ।

आर्थिक पक्षकै कुरामा घरबाट बाहिर गएर काम गर्न महिलालाई कत्तिको सजिलो छ ? कामका सिलसिलामा घरबाहिर निस्कँदा सुरक्षित आवागमनको, सार्वजनिक यातायातको पनि कुरा आउँछ । हामीकहाँ सार्वजनिक यातायातको व्यवस्था कत्तिको महिलामैत्री छ ? त्यसलाई कसरी महिलामैत्री बनाउन सक्छौँ त ?

कार्यस्थलमा पुगिसकेपछि पुरुष सहकर्मीहरू पनि हुन्छन् । उनीहरूसँग प्रतिस्पर्धा गर्दै अघि बढ्नका लागि महिलाहरूलाई कत्तिको सजिलो छ त ? कार्यस्थलको अवस्था के कस्तो छ ? महिलामैत्री छ कि छैन ? कार्यस्थलमा हुन सक्ने दुर्व्यवहारको अवस्था र त्यसविरुद्धको व्यवस्था कस्तो छ ? त्यसलाई कसरी महिलामैत्री र दुर्व्यवहारमुक्त बनाउने भन्ने कुरा पनि छ ।

हाम्रो शिक्षा लिनेदिने ठाउँ नै कस्तो छ ? त्यहाँको वातावरण कस्तो छ ? बालिका, किशोरी र महिलामैत्री छ कि छैन ? यस्ता ठाउँहरूमा हुने दुर्व्यवहार कम गर्न हामीले फेमिनिस्ट मुभमेन्टबाट के के गर्ने ? ती काम कसरी गर्ने भन्ने कुरामा पनि हामी प्रस्ट हुनुपर्छ ।

हाम्रा सार्वजनिक स्थलहरू हेरौँ, सहरहरू हेरौँ, ती कत्तिको महिलामैत्री छन् त ? यी कुरालाई पनि हामीले अध्ययन, अनुसन्धानको दायरामा ल्याएर अनुगमन पनि गरिरहनुपर्छ । विकृति र विसङ्गतिहरू भएमा तिनलाई रोक्नका लागि फेमिनिस्ट मुभमेन्टबाट ती कुरालाई अगाडि ल्याउनुपर्छ ।

हाम्रो समाजमा महिला र पुरुष भनेर अप्राकृतिक तरिकाले थप छुट्ट्याउने जुन सोच छ । त्यस आधारबाट हामीले हाम्रा हरेक व्यवहारलाई मूल्याङ्कन गरिरहेका छौँ । महिलाका हरेक क्रियाकलापलाई नियालिरहेका छौँ । सबैभन्दा पहिले त त्यसमा नै परिवर्तन ल्याउनु आवश्यक छ ।

फेमिनिस्ट मुभमेन्टको कोणबाट हेर्दा सबैभन्दा ठुलो कुरा के जस्तो लाग्छ भने, पितृसत्तात्मक सोच । यस्तो सोचले महिलाहरू यस्तै हुनुपर्छ भन्छ । यो महिला राम्रो, यो महिला नराम्रो भनेर पितृसत्तात्मक सोचले बनाएका जुन विभेदकारी कुराहरू छन्, तिनलाई समानताको भावतिर परिवर्तन गर्नु आजको सबैभन्दा ठुलो आवश्यकता हो जस्तो लाग्छ ।

हाम्रो समाजमा महिला र पुरुष भनेर अप्राकृतिक तरिकाले थप छुट्ट्याउने जुन सोच रहँदै आएको छ । त्यो तरिकाले छुट्ट्याएको आधारबाट हामीले हाम्रा हरेक व्यवहारलाई मूल्याङ्कन गरिरहेका छौँ । महिलाका हरेक क्रियाकलापलाई नियालिरहेका छौँ । सबैभन्दा पहिले त त्यसमा नै परिवर्तन ल्याउनु आवश्यक छ जस्तो लाग्छ ।

लिङ्गका आधारमा स्थापित विभेदकारी सोच बदल्नलाई हामीले के गरिरहेका छौँ त भन्ने कुरामा हामी महिलावादीहरू महत्त्वपूर्णरूपले आ–आफ्नो क्षेत्रबाट मुभमेन्टका साथ अगाडि आउनुपर्छ । त्यसैले हामीले विश्वविद्यालयमा के भनिरहेको भन्दा, लैङ्गिक अध्ययन (जेन्डर स्टडिज) छुट्टै विषय पनि चाहिन्छ । शैक्षिक क्षेत्रमा सिद्धान्त (थ्यौरी) का कुराहरू धेरै जोडिन आउँछन् ।

‘जेन्डर’ भन्ने विषय यस्तो हो, यसका आधारभूत पक्षलाई अरू सबै विषयमा पनि राखिएको हुनुपर्छ । हाम्रो प्राज्ञिक क्षेत्रको हरेक ‘डिसिप्लिन’ मा, ‘सोसल साइन्स’ मा मात्र होइन कि अरू हरेक ‘स्टिम’ मा ‘जेन्डर इन्प्रोजेक्ट’ हुनु आवश्यक छ ।

‘जेन्डर’ भन्ने विषय यस्तो हो, यसका आधारभूत पक्षलाई अरू सबै विषयमा पनि राखिएको हुनुपर्छ । जेन्डर स्टडिजमा महिलाका विषयलाई अझ विस्तार (डिटेल) मा हेर्ने अन्य कुराहरू पनि जोडिएका हुन्छन् । महिलाका सवालमा अन्य कुराहरूलाई जोड्नका लागि पनि ‘जेन्डर स्टडिज’ विषयको पनि अध्ययन जरुरी ठानिएको हो ।

के सबै विषयमा महिलाहरू पर्दैनन् र ? विज्ञान (साइन्स) विषयको कुरा गर्दा पनि त्यहाँ महिला छैनन् र ? महिला र पुरुषको सम्बन्धलाई हाम्रो साइन्सले कसरी हेर्छ ? हाम्रो स्वास्थ्य (हेल्थ), जीवविज्ञान (बायोलोजी) अनि बोटविरुवा (प्लान्ट्स) सँग सम्बन्धित हाम्रो वातावरणले कसरी हेर्छ ? ती विषयमा ‘जेन्डर’ विषय जोडिन्छ । ‘जेन्डर’ विषयमा पनि अरू सबै विषय समेटिएका हुन्छन् ।

शैक्षिक र प्राज्ञिक क्षेत्रले त्यो कुरा बुझ्न जरुरी छ । यसैले हामीले हाम्रो प्राज्ञिक क्षेत्रमा अलि अस्ति नै ‘इन्टरजेक्सन अफ जेन्डर इन डिफरेन्ट डिसिप्लिन’ भनेर एउटा कार्यक्रम पनि गरेका थियौँ । त्यो चाहिँ हाम्रो हरेक ‘डिसिप्लिन’ मा, ‘सोसल साइन्स’ मा मात्र होइन कि अरू हरेक ‘स्टिम’ मा ‘जेन्डर इन्प्रोजेक्ट’ हुनु आवश्यक छ । हामीले अब त्यतातिर पनि ध्यान दिएर अगाडि बढ्नुपर्छ ।

हामीले हाम्रो शक्तिसम्बन्धलाई प्रभाव पार्ने हरेक व्यवस्थालाई ध्यान दिएर हेर्नुपर्छ । त्यसरी हेरिसकेपछि हाम्रो यो फेमिनिष्ट मुभमेन्टले सन्दर्भ (कन्टेक्स्ट) अनुसारको रणनीति बनाउन आवश्यक छ जस्तो मलाई लाग्छ । यसमा वैश्विक (ग्लोबल) देखि स्थानीय (लोकल) तहसम्मका मुद्दाहरूलाई बुझेर रणनीतिक ढङ्गले गतिविधिहरू गर्दै अगाडि बढ्नु आवश्यक छ ।

प्रकाशन मिति : २०८२ बैशाख २४ गते, बुधवार

Share this :

Leave a Reply

Your email address will not be published. Required fields are marked *